Best Online News From Nepal

७५ करोड लगानीमा चितवनमा भाटभटेनी स्टोर

चितवनको भरतपुरमा भाट–भटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको शाखा खुलेको छ । सुपरमार्केटका अध्यक्ष एवंम प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले १२ औं शाखाको रुपमा भाट–भटेनी चितवनमा स्थापना गरिएको जानकारी दिए । उनले विहान १० बजेदेखि साँझ ८ बजेसम्म शुभारम्भको समय रहने जानकारी गराएका छन् । गुरुङले गरिबदेखि धनी उपभोक्ताहरुलाई एउटै मूल्यमा समान उपलब्ध गराउनु भाट–भटेनीको उद्देश्य रहेको बताए ।
काठमाडौंको टंगाल, भाट–भटेनीबाट सुरु भएको भाट–भटेनी सुपर स्टोरले १२ औं शाखासहित राजधानी बाहिरका उपभोक्ताहरुलाई पनि उत्तिकै महत्वका साथ सेवा दिने योजना लिएर अघि बढिरहेको उनले बताए ।  “सबै शाखामा एउटै सेवा हुन्छ, यस शाखाबाट चितवनका सेवाग्राही सन्तुष्ट हुन्छ भन्ने मेरो विश्वास छ”–अध्यक्ष गुरुङले भने । भरतपुरको यो शाखा भाट–भटेनी सुपरमार्केटको १२ औं तथा काठमाडौं उपत्यका बाहिरको तेस्रो शाखा हो । यसअघि काठमाडौंमा ९, पोखरामा एक र हालै धरानमा एउटा शाखा खोलिएको छ । यस भरतपुर शाखाको संचालनमा ७५ करोडको लगानी रहेको छ । यसमा करिव दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *