Best Online News From Nepal

६२ औं प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको बिशेष समारोह

६२ औं प्रहरी दिवस २०७४” को शुभ-उपलक्ष्यमा आज मिति २०७४।०६।२७ गते ०७:३० बजेको समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रमुख जिल्ला अधिकारी श्री शिव प्रसाद सिमखडाज्यूको प्रमुख आतिथ्यमा यस कार्यालयमा सुरु भएको कार्यक्रममा यस कार्यालयमा रहेको वीर शहिद अमर प्रहरीको प्रतिमामा प्रमुख अतिथी लगाएत उपस्थित महानुभावहरुले पुष्प गुच्छा तथा श्रद्धा सुमन अर्पण गर्नुको साथै प्रमुख अतिथी ज्यूले अमर वीर शहिदले देखाएको बाटो र कर्मलाई आत्मसाथ गर्दै देश र जनताको सेवामा सदैव समर्पित हुन निर्देशन दिनु भएको, यस कार्यालयमा भएको आन्तरिक डबल ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका प्र.क.हरुलाई शिल्ड र प्रमाण पत्र बितरण, उकृष्ट कार्य गर्ने प्र.क. हरुलाई नगद पुरस्कार तथा प्रहरीलाई सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसा-पत्र र अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मानित गरी कार्यक्रम समापन भयो ।

 

तस्विर-https://www.facebook.com/dpokavre?hc_ref=ARQEyyEVae2pNm3RONdcHAAItydT8LQgPSs41OwiIJHf8GKdzCK2AZ3pKwiCnHunRe8 को फेसवुक वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *