Best Online News From Nepal

२ हजार किसानले पाए परिचयपत्र

बाँकेमा २ हजार ७६ जना किसानले परिचय पत्र बनाएका छन् । सरकारले वास्तविक किसानहरुको पहिचान गर्नका लागि किसान परिचय पत्र वितरण शुरु गरेको हो ।१० हजार ७ सय किसानलाई परिचय पत्र वितरण गर्ने लक्ष्यका साथ किसानहरुबाट फारम संकलन गर्ने कार्य भइरहेको छ । यो बर्ष हालसम्म थप १ हजार ३ सय ७ जना किसानले  परिचय पत्र बनाउनका लागि जिल्ला कृषि विकास कार्यालय बाँकेमा निबेदन दिएका छन् ।

किसानलाई परिचय पत्र बनाउनका लागि नागरिकता, गाविसको सिफारिस, जग्गाको लाजपुर्जाको प्रतिलिपीका साथै पासपोर्ट साइजको फोटो सहितको विवरण भरेर जिल्ला कृषि विकास कार्यालयमा बुझाउनु पर्छ ।किसान परिचय पत्र वितरणपछि सरकारले उपलब्ध गराउने अनुदान लगायतका सेवा लक्षित किसानहरुसम्म पुर्याउन  सहज हुने भएकाले सरकारले किसान परिचय पत्र बितरण गर्न शुरु गरेको हो ।

किसान परिचय पत्र पाएपछि सरकारले किसानहरुलाई उपलब्ध गराउने मल, बिउ, लगायत कृषि उपकरणहरु पाउन सहज हुने आशा किसानहरुको छ । नेपाल सरकारले गत बर्षदेखि प्रत्येक बिकास क्षेत्रका एक एक वटा जिल्ला गरी पाँच वटा जिल्लामा परिचय पत्र बितरण गर्न लागेको हो । बाँके लगायत धनकुटा, बारा, बाग्लुङ र डडेल्धुरामा पनि किसान परिचय पत्र वितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *