पाल संघीयतामा गएसँगै उद्योग मन्त्रालयद्धारा मुलुकको हरेक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो । मुलुकलाई समृद्धीतिर लैजान औद्योगिकीकरणको आवश्यकता महशूस गर्दै मन्त्रालयले हरेक प्रदेशको १ हजार विघा जमिनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेअनुरुप अहिले विभिन्न क्षेत्रमा जग्गा अवलोकनको काम भइरहेको उद्योग मन्त्री सोमप्रसाद पाण्डेका स्वकीय सचिव पदम गैरेले जानकारी दिए । गैरेका अनुसार रुपन्देहीको मोतीपूर, कञ्चनपूरको दैजी लगायतका क्षेत्र औद्योगिक क्षेत्र निर्माणका लागि छनौट गरिएको छ ।
ओद्योगिकिकरणका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने योजना बनाएका उद्योगमन्त्री सोमप्रसाद पाण्डेका आइतबारका कार्यक्रमहरु :
मन्त्रालयको वैठक
उद्योग मन्त्री सोमप्रसाद पाण्डेले विहान साँढे ११ बजे उद्योग मन्त्रालयअन्तर्गतका घरेलु तथा साना उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, उद्योग विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायतका डिजीहरु, सचिवहरु तथा राज्यमन्त्रीसँग मन्त्रालयमा वैठक वसाल्नुभयो । बैठकमा मन्त्रालयको कार्ययोजनाअनुसार कामहरु अघि बढेनबढेको बारे जानकारी लिइयो ।
जुत्ता प्रदर्शनीको अवलोकन
मन्त्रालयको वैठकपछि मन्त्री पाण्डेले भृकुटीमण्डपमा चलिरहेको जुत्ता प्रदर्शनीको अवलोकन गर्नुभयो । नेपाल छाला उत्पादक संघद्धारा आयोजित सो प्रदर्शनीमा मन्त्री पाण्डेले उत्पादनको निरीक्षण गर्दै राम्रो उत्पादनको प्रवद्र्धनस्वरुप उत्पादकहरुलाई हौसला समेत प्रदान गर्नुभयो ।
व्यापार मेला समापन
जुत्ता प्रदर्शनीको अवलोकन सकेर दिउँसो ४ बजे मन्त्री पाण्डे भृकुटी मण्डपमै घरेलु विकास समितीद्धारा आयोजित व्यापार मेलाको समापन कार्यक्रममा पुग्नुभयो ।
Source: BusinessSansar