Best Online News From Nepal

१ खर्ब बढिका नेपाली नयाँ नोट चीनमा छापिदै

१ खर्ब २६ अर्ब रुपैयाँ बराबरका नेपाली नयाँ  नोट बजारमा आउन  भएका छन् । यसका लागि  २०, ५० र सय दरका नोट तिव्ररुपमा विदेशमा छापिँदै गरेको स्रोतले बताएको छ । यस्तै ५ सय दरका नोट छाप्न नेपाल राष्ट्र बैंकले हालै बोलपत्र आह्वान गरेको छ । अगामी वैशाखसम्ममा ती सबै नेपाली नोट नेपाल आइपुग्ने राष्ट्र बैंकको भनाइ छ । कुल २० अर्ब मूल्य बराबरका सय दरका नयाँ नोट  बजारमा आउादै छन् । पहिलो चरणमा ८ अर्ब, त्यसपछि ६÷६ अर्ब बराबरका नयाँ नोट ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ ।  सय दरका नयाँ नोट चीनमा छाप्ने कामभइरहेकोछ । सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एन्ड सिक्टिङ कर्पोरेसनलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *