Best Online News From Nepal

१३ दिने मृत्यु संस्कार काजक्रिया किन? ***************

-वल्लभ चैतन्य दास

वैदिक सनातन धर्म शास्त्रका कुनै पनि निर्देशनहरू हचुवा भरमा वा संस्कारका रूपमा चलिआएको चलन भएकोले मात्र मान्नु पर्ने भन्ने हैन। कुनै पनि कार्यको पछाडी कारण अवस्य हुंछ, झन परम शास्त्र वैदिक निर्देशनको पछाडी कारण नहूनु त हुनै सक्दैन। तपाईले थाहा नपाउनु वा नबुझ्नुको अर्थ तपाईको अज्ञानता हो, शास्त्रप्रति नै शंका-उपशंका गर्नु त तपाईको मूर्खता हो।

१३ दिने काजक्रिया प्रक्रिया पछाड़ी भौतिक र आध्यात्मिक दुई कारण छन।

१. आध्यात्मिक कारण:
जसरी मानौ कुनै घड़ीको चल्ने समयावधिको guarantee कम्पनीहरूले तोकेको हुन्छ, मानौ १० वर्ष, त्यसैगरी तपाई-मलाई प्राप्त यस शरीरको(हामी शरीर हैनौ, आत्मा हौ), यस मृत्युलोकमा रहने निश्चित समय तोकिएको हुन्छ।

तर त्यों १० वर्ष guarantee दिइएको घड़ी पनि पहिलो दिन मैं मानौ ढुङ्गाले ठोकेर फोड्न सकिन्छ वा अमर्यादित ढंगले प्रयोग गरी १/२ वर्षमैं बिगार्न सकिन्छ उसैगरी यस मृत्युलोकमा रहने निश्चित अवधि पाएको शरीर पनि शरीरहत्या गरी(विष खाएर वा झुण्डिएर वा दुर्घटना आदि) वा अमर्यादित शरीरको प्रयोग गरी(मांसाहार, मध्यपान, धूम्रपान आदि) गरी रहन पाएको अबधिभंदा धेरै पहिले नष्ट गर्न सकिंछ।

यसरी निस्चित समयावधि भंदा पहिले प्राप्त शरीर नष्ट भएमा पनि मनुष्यजीवात्माको सूक्ष्म शरीर त्यति नै समयावधि यस मृत्युलोकमा अर्कों गति प्राप्त नभएसम्म रहनु नै पर्ने हुंछ, यसरी बिना शरीर रहनु पर्ने तपाईको वा मेरो transit समयको अवस्था नै प्रेत अवस्था हो।

प्रेतअवस्था(स्थूल शरीर गुमाएका सूक्ष्म शरीरधारी तपाई वा म) अति भयावह हुंछ। जसै स्थूल शरीरको मृत्यु हुन्छ, जीवात्मा सुक्ष्म शरीर सहित बाहिर निस्कंछ । आफ्ना आफन्त/संगी रोई कराई गरेको देख्दछ, बोलाउन खोज्दछ, तर उसले बोलेको कसैले सुन्दैन। ऊ चिच्याउँछ, भंछ म यही छु तर उसको चिच्चाहट कसैले सुन्दैन, उसले सबै उसको मृत स्थूल शरीर वरीपरी बिलाप गरिरहेको मात्र देख्दछ। आशक्तिको कारण त्यस सुक्ष्म शरीरधारी जीवात्मा आफ्नो मृत स्थूल शरीर जता लग्छ्न त्यतै भौतारिन थाल्दछ।

त्यस जीवात्मालाई “तेरो स्थूल शरीर मर्यो” भन्ने आभास दिन जति सक्यो चाडै स्थूल शरीर नष्ट गरिदिन शास्त्रीय निर्देशन छ। अग्निदाहले शरीर पूर्ण रूपमा नष्ट हुनाले जीवात्माको आफ्नो शरीरप्रतिको आशक्ति नष्ट गर्दछ भने यसको विपरीत पश्चिमी संस्कार वा अन्य संस्कारमा मृत स्थूल शरीरलाई जमिनमा गाडिने हुदा त्यस सुक्ष्म शरीरधारी जीवात्मा आफ्नो मृत स्थूल शरीर वरिपरी आशक्तिबश भौतारिन्छ। त्यसको ईच्छा/आकांक्षा पहिले शरीर हुँदा जस्तो थियो त्यस्तै नै हुंछ तर बिना शरीर केही गर्न सक्दैन। आशक्तिबश आफनै घर/परिवार वरिपरी भौतारि रहन्छ। आफुले लोभबश अनेकौ दुःखले जीवनभर थुपारेको सम्पत्ति अन्य कसैले मिथ्था उडाएको देख्छ, आफु आशक्त भएको पुरुष/स्त्री अन्यको आगोशमा रमाएको देख्छ, तड्पिंछ तर केही गर्न सकदैन।

मृत स्थूल शरीरको अंत्यष्टी नगरिएमा मृत स्थूल शरीरबाट वायु निष्काशन हुंछ। क्षय भैरहेको दुर्गन्धयुक्त शरीरबाट निस्कने वायुको आवृत्ति र कम्पन ऋणात्मक भएकोले तामसिक गुणको हुंछ जसको कारण तत्काल वातावरणमा तमों घटकको वृद्धि हुन जांछ जसको फलस्वरूप अन्य बलिया सुक्ष्म शरीरधारी तमोंगुणी जीवात्मा जस्तै भूत/प्रेत/वेताल/तामसिक तांत्रिक जस्ता तामसिक शक्ति त्यसतर्फ आकर्षित हुन जांछन। यस्ता तामसिक शक्तिले मृत स्थूल शरीरमाथि शरीरका पाँच मुख्य प्राण शक्ति(प्राण/अपान/व्यान/समान/उदान) र अन्य सहप्राण शक्ति(धनंजय/नाग/कूर्म/कृकल/देवदत्)को नियंत्रण गरी शरीर कब्जा गरी शरीर वरिपरी बादलरूपी साधारण मनुष्य आखालाई अदृश्य कालो शक्तिको सृजन गर्दछन। यो कालो शक्तिको पहिचान छैठौ इन्द्रिय क्रियाशील भैसकेका तांत्रिक शिद्ध योगीले गर्न सक्छन। यसरी पाँच प्राण र सहप्राणको शक्ति सहितको मृत स्थूल शरीरको कब्जा गरेपछि यी तामसिक शक्ति त्यस शरीरको सुक्ष्म शरीरधारी जीबात्मा कब्जा गर्नेतिर अग्रसर हुंछ।

त्यस मृत स्थूल शरीरको सुक्ष्म शरीरधारी जीबात्मा आशक्ति र आध्यात्मिक ज्ञानको कमीले गर्दा अझैपनि भौतिक ईच्छा/आकांक्षामा जकडिएको हुंछ। आशक्तिले पूर्ण ऊ आफ्नो मृत शरीरप्रति आकर्षित हुंछ नै, नाश न भएको मृत स्थूल शरीरबाट निष्काशन हुने अब्यक्त शक्तिबाट ऊ खिचिएको पनि हुंछ। भूत/प्रेत/वेताल/तामसिक तांत्रिक जस्ता तामसिक शक्तिले यही अव्यक्त शक्तिलाई भौतारिरहेको त्यस सुक्ष्म शरीरधारी जीवात्मासम्म पुग्ने साधन बनाउछन र आफ्ना तामसिक शक्तिले त्यस सुक्ष्म शरीरधारी जीवात्मालाई आफ्नो बशमा गर्दछन। यसरी त्यस सुक्ष्मलोकमा भौतारिरहेका जीवात्माहरूलाई आफ्नो बशमा पारी आफ्नो तामसिक शक्ति झनै शक्तिशाली बनाउने होड चलिरहेको हुंछ, तपाईलाई आफ्नो समूहमा सामेल गरी तपाईलाई दास बनाउने होड चलिरहेको हुंछ। यदि प्रेतधारी तपाई यस्ता तामसिक शक्तिको कब्जामा पर्नुभयो भने के होला? अझै शक्तिशाली तामसिक शक्तिको चपेटामा तपाई पर्नुभएमा त तपाईको यस मृत्युलोकमा रहने समय समाप्त भएता पनि अथवा नयाँ गति निर्धारण गर्ने समय आएता पनि तपाईलाई अर्को गतिको लागि मुक्त गर्दैनन्। यस्तो अवस्थामा मुक्त हुन की त भगवान शिबको प्रत्यक्ष हस्तक्षेप हुनुपर्यो वा तपाईका आफन्तले लगाएको भागवत महापुराणको कथा तपाईले दासरूपी प्रेत शरीरमै भएपनि श्रद्धापूर्वक श्रवण गर्नुपर्यो नत्र अनन्त समयका लागि प्रेत योनिमा फस्नु हुनेछ।

१३ दिने काजक्रिया भनेको प्रेतयोनिमा पुगिसकेका तपाई वा मलाई हाम्रा पूत्र आदिले वैदिक मन्त्र र पद्धतिको सहायताले यस प्रेतयोनिबाट मुक्त गराई कम से कम यो भंदा माथिको मनुष्यगंदर्भ लोक वा त्यो भंदा माथिको देवगंदर्भ लोक वा पितृलोकको लागि प्रवेशाज्ञा अर्थात VISA प्राप्तिको लागि योग्य बनाउनु हो। गरुण पुराण अनुसार १३ दिनको प्रत्येक दिन स्थूल शरीर गुमाएका हामीलाई पाँव, कम्मर, धड़, छाती, शिर आदि दिव्य नया शरीर प्राप्त हुंछ। सवै प्रक्रिया शुद्ध भएमा प्रेत शरीर प्राप्त तपाई-मैले प्रेत शरीरबाट मुक्त भै माथिल्लो लोकको प्रवेशाज्ञा(VISA)को लागि योग्य हुनेछौ, प्रवेशाज्ञा(VISA) स्वीकृत हुन सक्नेछ, प्रेतयोनिबाट मुक्त हुनेछौ।

पूर्ण वैदिक आचरणमा रहेका साधु-सन्त महात्मा आदिहरू, पहिलो त उनीहरुको मर्यादित वैदिक जीवन-पद्धति(मान्स-मदिरा-धूम्रपान आदि सेवन नगर्नु, ईर्ष्या-द्वेष रहित हूनु आदि)ले गर्दा पूर्ण शरीरको समय बाच्छन अर्थात प्रेत योनिमा जानु नै पर्देन भने सांसारिक आशक्तिदेखि माथि भएकाले शरीरको मृत्युपछि संसारमा आशक्त रहदैनन तसर्थ साधु-सन्त महात्मा आदिहरूको हक़मा अग्निदाह सहित १३ दिने आदि काजक्रियाको आवश्यकता न रहेको शास्त्र निर्देशन गर्दछ। वालकहरूको हक़मा पनि उनीहरूले कुनै कर्म नै नबोकेकाले प्रेत शरीरबाट उन्मुक्तिको १३ दिने काजक्रिया प्रक्रियाको आवश्यकता न रहेको शास्त्र निर्देशन गर्दछ।

२. भौतिक कारण
सांसारिक मनुष्य आशक्तिमा हुंछ। कुनै प्रियको मृत्यु सहजै भुल्न उसलाई गार्हो हुंछ। तर वैदिक सनातन धर्म यो जान्दछ कि मनुष्य स्वार्थी हुंछ। उसले सबैभंदा बढ़ी आफैलाई प्रेम गर्दछ, अन्यप्रति आशक्त रहेको हुंछ।

आफुलाई प्रेम गर्ने आशक्तले भरिएको स्वार्थी र भोगी त्यो मनुष्यलाई जब १३ दिनसम्म साधारण भोजनमा नुन पनि खान नदिई, नसिलाएको एकसरो वस्त्रमा कसैलाई छुन नदिई गरूड पुराणको सांसारिक वैराग्यता प्रत्येक दिन श्रवण गराई राखिंन्छ, यसले एक त मृतात्मालाई प्रेतमुक्त गर्न गरिने शास्त्रीय प्रक्रियलाई आवश्यक पर्ने शुद्धता प्राप्त हुन जान्छ भने अर्कोंतर्फ त्यो व्यक्ति स्वयम्ले पाएको भौतिक छटपडाहट र पिंडाले त्यसको मृतआफन्त प्रतिको आशक्ति टुट्दछ। १३ दिने काजक्रिया नहुदो हो त महिनौ टोलाउने त्यो व्यक्ति अब १३ औं दिनमा नै छर्लङ्ग हुन्छ, fresh हुंछ।

आजकाल आधुनिकताको नाममा यस भौतिक संसारलाई नै सबै देखेका “मर्ने त मरेर गए किन १३ दिन वार्नु” भंनेहरू शास्त्र नबुझेका अज्ञानीहरू हुन भने १३ दिनको काजक्रिया शास्त्रीय प्रक्रियालाई कति नै ज्ञानी र बुद्धिमान भए झै गरी केही दिनमा नै सिमित गर्न खोज्नेहरू त महामूर्खहरू नै भए।

हरे कृष्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *