उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।
नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । उनीको उचाई ३१ इञ्च मात्र थियो ।
धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।
शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् ।
उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।