Best Online News From Nepal

हिंजोको आर्यावर्त भित्रको नेपाल र आजको खगोल विज्ञान

प्रवीण अधिकारी —

18557224_638200976386408_8934867424342735799_n18581515_638201049719734_5101716932391395519_n

18581943_638201096386396_4202397181312395821_n

आधुनिक खगोल विज्ञानका अध्येताले प्राचीन खगोल विज्ञान पढे पढेनन थाहा भएन तर आधुनिक खगोललाई प्राचिनता संग जोड्न सकेको खंडमा आजको पुस्ता प्राचिनता संग गतिलो परिचित हुन सक्छ भन्नेकुरामा शंका छैन | खगोल यो विश्वमा सँधै जिज्ञाशा र रहष्यात्मक ठानिएको विषय बस्तु हो | यसै कारण यस विषय प्रति मानव जातिको आकर्षण हिंजोपनि थियो , आजपनि छ र भोलीपनि रही रहन सक्छ | प्राचिन नेपालले पनि वेद निर्दिष्ट सौर मण्डल ,तारामण्डल र सप्तर्षि पुन्जहरुको गतिविधिको सुक्ष्म अध्ययन गरेको थियो | त्यस्को साक्ष्य प्रमाणको रुपमा सयौं बर्ष अघिदेखि नेपालमा निकालिएका पाञ्चाङ्गहरुले औंल्याउँदै आएको विर्सन सक्दैनौं | तर , वर्तमान नेपालले यसको महत्व बुझ्न नसक्ता नेपालमा पल्लवित भएको प्राचिन ज्ञान र खगोल विज्ञानको गौरवशाली इतिहाँस ग्रन्थका पानाहरुमा सीमित रहन पुगेको छ | पूर्वीया खगोल विद्वानहरु क्रमशः आर्यभट्ट, भाष्कराचार्य तथा वराहमिहिरका ज्ञान अहिले नेपालमा गौण हुन पुगेको छ | ती ऋषि मुनिहरु सार्भौम विषय बस्तु थिए | उनीहरुले छरेको ज्ञान सारभौम थियो | उनीहरुलाई कुनै क्षेत्रको भौगोलिक सीमाले बाध्न सकेको थिएन | ऋग्वेदकालिन नेपाल कत्रो थियो ? के भनेर चिह्निन्थ्यो ? भन्न सकिने अवस्था छैन तर अथर्ववेदकालिन नेपाल ” निपालय ” भनेर चिह्निन्थ्यो भन्नेकुरा अथर्ववेदलेनै भन्दैछ |त्यस्तै अर्को प्राचिन स्तोत्रले – ” पालयस्व निपालयस्व निपालयस्व रमापतॆ। वादिराजमुनिन्द्रवींदित वाजजवक्त्त्र नमॊऽस्तुतॆ॥” उल्लेख गरेको भेटिन्छ | कौटिल्यको अर्थशास्त्रमा नेपालको व्याख्या छ | चाण्यक्यको नन्द बंसमाथि अलेक्जेन्डरको आक्रमणकाल तेश्रो शताब्दीमा नेपाल नरेश सँग सहयोग लिनाकोलागि ६ जना दुत नेपाल आएको कुरो इतिहाँस बोल्दैछ | २२०० बर्ष पुरानो सम्राट अशोकको लुम्बिनिको स्तम्भले “हेद बोध जाते नेपाल ” अर्थात बुद्ध यस् ठाउमा जन्मेक थिए र यो नेपाल हो भनेर भनिरहेको छ | सम्राट समुन्द्र गुप्तको इलहबाद स्थित शिलालेखमा नेपालको पूर्वी सिमाना: कामरु कामक्ष्या (असामको राजधानी ) ,दक्षिण सिमाना: पाटलि पुत्र (पटना)- कतुर ( इलहबाद नजिक ) , पश्चिम सिमाना: उद्धम्पुर(उत्तर पश्चिम पन्जाब ) भनेर व्याख्या गरिएको छ र यो कुरो ईशा भन्दा ३५० बर्ष पुरानो शीला लेखमा उल्लेख गरिएको जो कोहिले पढ्न सक्छ र यै कुरा स्कन्धपुराणको ८१ अध्यायमा उल्लेखित छ | वर्तमान नेपालको राजनैतिक दरिद्रताले निम्त्याएको खगोल विज्ञान प्रतिको शासक वर्गको निष्क्रियताले आर्यावर्तको यस अंशको इतिहाँस संरक्षण विहिन अवस्थामा भौंतारिएको छ |

यस ब्रह्मांडका रहष्यमय कुराहरुको जानकारी हाम्रा गोत्र प्रवर्तक प्राचीन पुर्खाहरुले कसरी राख्न सके ? तिनीहरुले यस सृष्टिको आदिम स्वरुपको ज्ञान वेदमा कसरी समाहित गरे ? प्राचिन खगोल विज्ञानमा मानव शरीर रचना , विमान र परमाणु शक्तिको दिग्दर्शन कसरी सम्भव हुन पुग्यो ? भंनेकुराहरु निरपेक्षताको माला लाएर दलिय खिचातानीमा गह्नाएको नेपालकोलागि महत्वपूर्ण हुन नसक्ला तर फ्रांसका प्राचिन विद्वान जेकालियतले यस आर्यावर्त भूमिमा भएको विज्ञान सम्बन्धी ज्ञानको प्रगतिको वखान गर्दै उतिखेरै भनेका थिए “ यस विश्वमा देखिएका सबै विद्याहरुको ज्ञानको भंडार प्राचिन आर्यावर्त नै हो ” | आर्यावर्तबाटै समस्त ज्ञान विज्ञानहरु अरबको बाटो हुँदै यूरोप पुगेको हो | उनको यस भनाईलाई थुप्रै तत्कालिन विद्वानहरुले स्वीकार गरे तर नेपाली विद्वानहरुले आजसम्म गर्न सकेको देखिन्न | विद्वान मिलले आफ्नो पुस्तक ” अ हिस्ट्री अफ आर्यावर्त ” को पृष्ठ १०७ मा अरवको “खलीफा हारुरशीद र अलमामूले आर्यावर्तका विद्वानहरुलाई अरब बोलाएर वेद, पुराण र उपनिषदहरु अरबी भाषामा अनुवाद गर्न लाए भनेर लेख्न भ्याएका थिए | त्यस्तै युरोपियन विद्वान मिस्टर बेबरले “ आर्यहरु ग्रीक र अरवीहरुका गुरु हुन भनेर लेखे र आर्यभट्टको ग्रन्थ अनुवाद गरी त्यसको नाउँ ” धर्मबहर ” राखेको थियो भनेर अर्थ्याएका थिए | उता अलवरूनीले गणित शास्त्रमा हिन्दूहरु संसारको सबै जातिहरुमा अग्र स्थानका हुन भनेर लेखेको कुरो कसैले नविर्सला | उनैले संसारको कुनैपनि जातिले हजार भन्दा बढी गन्न नसकेको बेला हिन्दूहरुले १०^१४५ अंक लेख्न सक्ने बताएका थिए |

हाम्रा ऋषिमुनिहरुले खगोल विज्ञानलाई वेदको आँखो किन भने त ?
तत्कालिन विश्वमा सृष्टिका सम्पूर्ण गतिविधिहरुको निर्धारण काललाई हेरेर गर्ने गरिएको थियो | त्यतिखेर समय मापन नक्षत्र र ग्रह गतिलाई गणना गरेर गर्ने गरिन्थ्यो जसका कारणले गर्दा खगोल विज्ञान हाम्रो अमूल्य ग्रन्थ वेद वेदांगको मूख्य भाग हुन पुग्यो | ऋग्वेद, शतपथ ब्राहृण सहितका अन्य धेरै ग्रन्थहरुले नक्षत्र, चान्द्रमास, सौरमास, मलमास, ऋतु परिवर्तन, उत्तरायण , दक्षिणायण , आकाश चक्र , सप्तर्षि तारा , सूर्य मण्डल आदि समेटेर कल्पको मापन आदिलाई लिएर अनेकौं रहष्यमय अलौकिक द्रिष्टान्तहरु राखिदिएका कारण ऋषिगणहरुले त्यसलाई प्रत्यक्ष अनुभव र अवलोकन गर्न सकेका थिए भन्ने कुरा ज्ञात हुन आउँछ | यसै परिप्रेक्ष्यमा ऋषि दीर्घतमा सूर्यको अध्ययन गर्दा गर्दै अन्धो हुन पुगेको प्रसंग बिर्सिन मिल्दैन भने महर्षि गृत्समदलेनै पहिलोपल्ट चन्द्रमाको गर्भमा हुने क्रियाकलापहरु यो लोकलाई जानकारी गराएका थिए | यजुर्वेदको १८ औं अध्यायको चालीसौ मन्त्रले सूर्य किरण पाएकै कारण चन्द्रमा प्रकाशमान भएको बताएको छ | आर्यभट्टले आजभन्दा १६०० बर्ष अघि पाटलीपुत्रमा वेधशाला (Observatory) नै स्थापना गरेको कुरा सम्पूर्ण ग्रन्थहरुले बोल्दैछ |

उता भाष्कराचार्यले आफ्नो सिद्धान्त शिरोमणि ग्रंथको यंत्राध्याय प्रकरणमा “काल” को सूक्ष्म खण्डको अध्यन यंत्र बिना संभव छैन भनेर उतिखेरै भनेका थिए | त्यसकारण उनले आफ्नो ग्रन्थमा नाड़ीवलय यंत्र, यष्टि यंत्र, घटी यंत्र, चक्र यंत्र, शंकु यंत्र, चाप, तुर्य, फलक आदिको विस्तार पूर्वक वर्णन गरिदिन भ्याए | प्रख्यात खगोलज्ञ जन प्लेफेयरले “Remarks on the Astronomy of the brahmins” भन्ने आफ्नो पुस्तकमा (१७९० मा प्रकाशित भएको ) ६, ००० बर्षभन्दा निकै अघिदेखि अर्यावार्तमा प्राचिन खगोलको ज्ञान थियो आजको भन्दा गहन थियो भनेर उल्लेख गर्नु अघि ब्रिटिश पार्लियामेंटका तत्कालिन सदस्य , सर रबर्ट बारकरले १७७७ मा ” Bramins observatory at Banaras ” (बनारसको वेधशाला) भन्ने लेख लेखेर प्राचिन खगोल प्रष्ट्याउने प्रयास मात्र गरेनन वेदका थुप्रै ऋचाहरु खोजेर जन समक्ष ल्याई संसारलाई वेदको महत्व प्रष्ट्याउन मद्दत गरेका थिए |

एक पटक तपाईं हामीपनि हेरौं – वैदिककालमा खगोल विज्ञानको जानकारी वैदिक रिचाहरुमा कसरी समाहित भएको रहेछ :-

(१ ) प्रकाशको गति :-
==============
हाम्रा पूर्वजहरुलाई प्रकाशको गतिको ठूलो ग्यान थियो | प्रमाणको रुपमा ऋग्वेदको प्रथम मंडलको दुई ऋचाहरु हेरौं – ” मनो न योऽध्वन: सद्य एत्येक: सत्रा सूरो वस्व ईशे अर्थात् मन जस्तै शीघ्रगामी सूर्य स्वर्गीय पथ मा एक्लै कुदछन ” ( १ -७१ -९ ) ( “तरणिर्विश्वदर्शतो ज्योतिकृदसि सूर्य विश्वमा भासिरोचनम्” अर्थात् हे सूर्य, तिमी तीव्रगामी र सर्व सुन्दर प्रकाश दाता र यस जगतलाई प्रकाशित गर्ने छौ | ( १ .५० .९ )

योजनानां सहस्रे द्वे द्वेशते द्वे च योजने।
एकेन निमिषार्धेन क्रममाण नमोऽस्तुते ।। अर्थात् आधी निमेषमा २२०२ योजन मार्ग हिडने प्रकाश तिमीलाई नमस्कार छ |

यसमा १ योजन- ९ मील १६० गज
अर्थात् १ योजन- ९ .११ मील
१ दिन रात मा – ८१०००० अर्ध निषेष
अत: १ सेकेंड मा – ९ .४१ अर्ध निमेष
यस प्रकार २२०२ x ९ .११ – २००६० .२२ मील प्रति अर्ध निमेष तथा २००६० .२२ x ९ .४१ – १८८७६६ .६७ मीलप्रति सेकण्ड | आधुनिक विज्ञानले झिकेको प्रकाशको गतिपनि झन्डै झन्डै यतिनै हो |

(२) गुरुत्वाकर्षण:
============
भाष्कराचार्यकि छोरी लिलावतीले आफ्ना बाबुलाई सोधिन यो पृथ्वी केमा अडेको छ ? भाष्कराचार्यले भने यो पृथ्वी शेषनाग, कछुआ या हात्तीमा होइन आफ्नै बलमा टिकेको छ र त्यसलाई पृथ्वीको धारणात्मिका शक्ति भनिन्छ |-

मरुच्लो भूरचला स्वभावतो यतो
विचित्रावतवस्तु शक्त्य:।।
सिद्धांत शिरोमणी गोलाध्याय – भूवनकोश (५ )

त्यसपछि त्यै ग्रन्थमा उनी भन्दछन –

आकृष्टिशक्तिश्च मही तया यत् खस्थं गुरुस्वाभिमुखं स्वशक्तत्या ।
आकृष्यते तत्पततीव भाति समेसमन्तात् क्व पतत्वियं खे ।।

सिद्धांत शिरोमणि गोलाध्याय – भूवनकोष – (६ )

अर्थात् यस पृथ्वीमा आकर्षण शक्ति छ | त्यसै कारण पृथ्वीले आफ्नो आकर्षण शक्तिले गर्दा सबै पदार्थहरु आफ्नो शक्ति को कारण आफूतिर तान्दछ र त्यै आकर्षण शक्तिकै कारण त्यो बस्तु पृथ्वीमा झर्न पुग्दछ | तर आकाशमै रहंदा सबै आकर्षण र बल चारैतिर लाग्न पुग्दा बस्तुहरु पृथ्वीमा झर्न पाउन्दैनन अर्थात् आकाशमा रहेका ग्रहहरु निरावलम्ब अवस्थामा रहन जाँदा ग्रहहरुको गुरुत्व शक्तिले त्यो संतुलन कायम राख्न सकेको हो |

( ३ ) . पृथ्वीको आकारको वर्णन :-
======================
चक्राणास: परीणहं पृथिव्याः हिरण्येन मणिना शुम्भमाना: ।
न हिन्वानासस्तितिरुस्त इन्द्रं परि स्पशो अदधात् सूर्येण ।। ( १ /३३ / ८ )

माथिको मंत्रले प्रष्ट शब्दमा भनेको छ कि यो पृथ्वी गोलो छ र त्यो पृथ्वी सूर्यको आकर्षणमा अडिएको छ | पृथिवीle चारैतिर चक्र बनाउंदै ती सुनौलो मणि ( ‘मणि’ सूर्यकोलागि प्रयोग गरिएको शब्द हो ) को परिभ्रमण गरेपछि चम्किन थाल्यो तर जति दौड़-धूप गरेपनि तिनले इन्द्रलाई नाघेर अघि बढ्न सकेनन , किनभने इन्द्रले त्यहाँ चारै तर्फ गुप्तचर बसाएका थिए | शतपथ व्राम्हणमापनि भनिएको छ पृथ्वीको परिमण्डल स्वरूप गोलाकार छ | यसैलाई आधार मान्दै भाष्कराचार्यले पृथ्वी गोलो भएको र त्यसमा आकर्षण (चुम्बकीय) शक्ति भएको कुरो वेदाध्ययन गरेरै आफ्नो पुस्तक सिद्धान्त शिरोमणि (गोलाध्याय व ४-४) मा उल्लेख गरेका थिए |

(४ ) प्राचीन खगोल
===============
आयं गो पृश्निर क्रमीदसवन्मातारं पुर: । पितरं च प्रयन्त्स्व ॥ – यजुर्वेद ३-६
यो मंत्रले स्पष्ट संग भनेको छ पृथ्वी जल सहित सूर्यको चारैतिर घुम्ने गर्दछ |

(५ ) वेदले सूर्यलाई वृघ्न भनेको छ अर्थात पृथ्वीभन्दा सैकडौ गुणा ठूलो र करोडौं कोस टाढा |

(६ ) दिवि सोमो अधिश्रित – अथर्ववेद १४/९/ ९ अर्थात जसरी चन्द्रलोक सूर्यद्वारा प्रकाशित हुन्छ त्यसरी नै पृथ्वीपनि सूर्य द्वारानै प्रकाशित हुन्छ |

(७ ) एको अश्वो वहति सप्तनामा । -ऋग्वेद १-१६४-२ अर्थात सूर्यका सात किसिमका किरण हुन्छन भन्नेकुराको ज्ञान ऋग्वेदको यही मन्त्रले सारा संसारलाई जानकारी गराएको हो |

अव दिवस्तारयन्ति सप्त सूर्यस्य रश्मय: । – अथर्ववेद १७/ ९-१० अर्थात सूर्यको सात किरणहरु दिउँसो देखिन्छन तर सूर्यमा कालो दाग हुन्छ |

(८ ) यं वै सूर्य स्वर्भानु स्तमसा विध्यदासुर: ।

अत्रय स्तमन्वविन्दन्न हयन्ये अशक्नुन ॥ – ऋग्वेद ५-४०-९ अर्थात जब चंद्रमा पृथ्वी तिर आउँदा सूर्यको बीचमा रहन पुग्दछ त्यतिखेर सूर्य पूप्रष्ट संग देखिन सक्दैनन् | चंद्रमाले सूर्यलाई छायाँ पार्नु नै सूर्यग्रहण हो |

(९ ) आर्यभट्टको सिद्धान्त शिरोमणिमा त्यतिखेर दूरबीन भएको कुरो प्रष्ट संग छाल पाइन्छ हेर्नोस सिद्धान्त शिरोमणिमा भएको प्रमाण :-

शिल्प संहितामा लेखिए अनुसार माटोको गोलाकार कांच तयार गरि त्यसलाई सफा गरी स्वच्छ कांच (लेन्स बनाएर ) बांस या धातु को नली मा (आदि, मध्य र अंत) मा राखी ग्रहण हेर | वेदले यही कुरो उल्लेख गर्दै भनेको छ – चन्द्रको छायाँ पर्दा सूर्यग्रहण हुन्छ जसलाई दूरविनको मद्दतले हाम्रो आँखोले देख्न सक्छ | – स्वर्भानोरध यदिन्द्र माया अवो दिवो वर्तमाना अवाहन् ।
गूळ्हं सूर्यं तमसापव्रतेन तुरीयेण ब्रह्मणाविन्ददत्रिः ॥६॥ (ऋग्वेद ५-४०-६)

(१० ) वैदिक मंत्रहरुको सत्य अर्थ बताउन सक्ने विद्वान हगको ऐतरेय र गोपथ ब्राह्मणको भाष्य २४३ मा लेखिएअनुसार सूर्य कहिल्यै अस्त र उदय हुँदैन त्यो सदैव स्थीर रहन्छ तर पृथ्वीसंग छेकिंदा रात्रि हुन्छ अनि त्यै पृथ्वीको छेकाई सकिएपछि दिन हुन्छ | हेर्नोस – Haug’s Aitereya Brahmana, Vol. 2, p. 243

यसरीनै वेदमा ध्रुव प्रदेशमा भएका छ: महिनाको दिन-रातको पनि वर्णन गरिएको छ | पृथ्वीमा कुनै त्यस्तो ठाउँ रहेको थिएन जसको ज्ञान ऋषि मुनिहरुलाई नभएको होस् |

(११ ) विभिन्न ग्रहहरुको दूरी:-
====================
हजारौं बर्ष अघिका वैदिक ज्योतिष विद्वानहरु लगध र आर्यभट्टहरुले सूर्यबाट विभिन्न ग्रहहरुको दूरीको सम्वन्धमा दिएको आंकडा अचेलको आंकडा संग झन्डै झन्डै मिल्दछ | आज पृथ्वीबाट सूर्यको दूरी (१.५ * १०८ कि.मी.) मानिन्छ | यसैलाई एयू (खगोलीय इकाई- astronomical unit) भन्ने गरिएको छ | यस अनुपातको आधारमा निम्न सूची निकालिएको छ सबैले मनन गरी हेरौं :-

ग्रह ———- लगध र आर्यभट्टले निकालेको मान ———— वर्तमान मान
बुध ————- ०.३७५ एयू —————— ०.३८७ एयू
शुक्र ———— ०.७२५ एयू ——————- ०.७२३ एयू
मंगल ———— १.५३८ एयू ——————- १.५२३ एयू
गुरु ———— ५.१६ एयू ——————- ५.२० एयू
शनि ————– ९.४१ एयू ———————— ९.५४ एयू

१२ . वेदमा वर्षको अवधि :
=================
ऋग्वेद (१-१६४-४८) अनुसार वर्ष रथको पाङ्ग्रो अनुसार घुमी रहन्छ | त्यस चक्रमा (द्वादश+प्रधय:) जस्ता १२ ओटा स साना किला छन | एक बर्षमा १२ महिना हुन्छन | यही परिभ्रमणको क्रममा कुनैभाग सूर्यका नजिक हुन पुग्दा ६ ऋतुहरु बनिन पुग्दछ | पृथ्वीले सूर्यको परिक्रमा ३६५ दिन ५ घण्टा ४८ मिनट ४५.५१ सेकेण्डमा गर्ने गरेका कारण सुर मास र चन्द्रमासको तालमेल मिलाउन प्रत्येक ३२ महिनापछि एक अधिक मास जोडि चन्द्रमास र सौर्यमास एक रुपको बनाउने गरिएको हुन्छ |

ब्रह्मांड विस्तार :-
==========
यस ब्रह्मांडको विशालता र गुह्य रहष्यलाई औं ल्याउँदै वेद भन्दछ यो ब्रह्माण्ड अनंत छ अर्थात यो कत्रो छ कसैले निश्चित तवरले भन्न सक्दैन | प्राचिन ऋषि मुनिहरुले जे कुरा भनेका थिए आजका वैज्ञानिकहरुलेपनि त्यही कुरा भन्ने गरिरहेका छन | अहिलेको विज्ञानले ब्रह्माण्डको विशालता बुझ्न प्रकाश वर्ष भन्ने इकाई प्रयोग गर्दै ल्याएको छ | प्रकाश एक सेकंडमा ३ लाख किलोमीटर गति लिई दौडिन्छ | यसरी दौडिन्दा १ वर्षमा जति दूरी तय गर्न सक्दछ त्यसैलाई उनीहरुले प्रकाश वर्ष भन्ने गरेका हुन | अहिले विज्ञानले हाम्रो आकाशगंगा (milky way) को लंबाई एकलाख वर्ष र चौड़ाई दश हजार प्रकाश वर्ष निर्क्यौल गरेको देखिन्छ |त्यस्तै यस आकाशगंगाबाट २० लाख २० हजार प्रकाशवर्ष टाढा अर्को आकाश गंगा रहेको बताएको छ र यसरी हेर्दा यस ब्रह्मांडमा अरवौं यस्ता आकाश गंगाहरु रहेको पाइन्छ |

नेपालमा विगतकालमा काल गणना गर्ने गणितद्वारा खगोल विज्ञानलाई अध्ययन गर्ने उज्ज्वल परंपरा हाम्रा देशमा संधै रहेको थियो | आजको दिनमा सुस्त मात्र होइन पूर्णतः निस्तेज जस्तो हुन पुगेको छ | हाम्रा शास्त्रहरुबाट ज्ञान-विज्ञानको समस्त विद्या ओसारेर विदेशीहरुले आफ्नो ट्रेड मार्क लगाए तर तिनले ती पुर्वज ऋषि मुनिहरुलाई जंगली, अवैज्ञानिक भन्दै गाली गर्दा हामीले प्रत्यत्तरमा एक शब्द बोल्न सकेनौं | नाविर्सौं यस संसारमा आजको दिनमा जे जति असल मानिएका चिज विजहरु छन् ती सबै हाम्रै पूर्खाहरुको देन हो र आजसम्म जे जति वैज्ञानिक आविष्कारहरु गरिएका छन ती सबै कुराको मूल वेदनै हो | तसर्थ हामी आफु र आफ्ना पूर्वजहरुले छोडेर गएका निधिहरूप्रति चाख दिउँ र नेपाली हुनुको स्वाभिमान जगाउ |

वर्तमान परिवेशमा यस विश्वमा दुई किसिमको राजनीति संधै हुँदै आएको देखिन्छ – एउटा शक्ति^ प्रयोग गरेर सत्तामा पुग्ने र अर्को देश समृद्ध बनाउने विकासात्मक राजनीति | नेपालमा पहिलो राजनीतिको संस्थागत विकास गरेर लगिएको कारणले गर्दा विकासात्मक राजनीति गौण हुन पुगेको हो | अस्तु – प्रवीण अधिकारी |||

Leave a Reply

Your email address will not be published. Required fields are marked *