Best Online News From Nepal

हाम्रो तराईलाई मधेसको नाममा छोटा पाकिस्तान बनाउन चाहनेहरुको भण्डाफोर गरौँ ।

सीके राउत, जयकृष्ण गोइत, ज्वाला सिंह प्रभृत्तिलाई एत्ति प्रश्न सोधौँ :—
एदि नेपालबाट मधेश अलग्गै भएर नयाँ देश बन्ने आधार छ भने त्यो मधेशबाट अलग्गै भएर “छोटा पाकिस्तान” बन्दैन भन्ने आधार के छ ?
भारतलाई विखण्डन गरी पाकिस्तान बनाए जस्तै नेपालको मधेश इलाकामा पनि नयाँ इस्लामी जिहादी राज्य “छोटा पाकिस्तान” बनाउने घुमाउरो बाटोको पहिलो घुम्ती हो — सीके राउत, जयकृष्ण गोइत, ज्वाला सिंह प्रभृत्तिलाई गोटी बनाएर उरालिएको अलगाववादी विखण्डनवादी घृणावादी कित्ताकाट ।
छिमेकको इतिहास पढौँ,
सन् १९४७ को तात्पर्य बुझौँ,
हाम्रो मधेशमा छोटा पाकिस्तान बनाउन चाहनेहरुको भण्डाफोर गरौँ ।
नेपाल विश्वकै सर्वप्राचीन देशहरूमध्ये एक हो । यो महाभारतकाल भन्दा पनि पुरानो, रामायणकाल भन्दा पनि पुरानो देश राज्यराष्ट्र (State Nation) हो । यसका सीमामा परिवर्तन भएका छन्, शासकहरू परिवर्तन भएका छन्, तर राज्यराष्ट्रका रूपमा यो अविच्छिन्न अस्तित्वमा छ वैदिककालदेखि नै । हजारौँ–हजारौँ वर्षको इतिहास छ नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनताको । हिमाल, पहाड, तराइ नेपालका अवयवका रूपमा रहेका छन् जहिले पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *