Best Online News From Nepal

हाम्राे भाषा मा के भइरहेछ ?

मुकुन्द शरण उपाध्याय——-

मुकुन्द शरण उपाध्याय- लेखक

१ तिथि मिति थाहा छैन कति महीना अघि हाे, दीनानाथ शर्मा शिक्षामन्त्री थिए । उनले एउटा भाषिक अादेश दिए, अब उप्रान्त एसरी एसरी लेखे मात्र शुद्ध मानिनेछ अन्यथा अशुद्ध मानिनेछ र तेस्ताे कृति छाप्न पाइने छैन भनेर ।

२ तर दीनानाथ शर्मा लेखक पनि हुन्, तेसै बेला उनकाे एउटा पुस्तक छापियाे । मन्त्री ले पुस्तक मा गडबड भाषा देखे, किन एस्ताे अशुद्ध भाषा ? भनेर साेध्दा प्रकाशक ले भने ‘ याे त उही हजूर बाट जारी नियम अनुसारै छापिएकाे छ ‘ । प्रकाशक काे कुरा ले उनी झस्के, उनलाई गलत अादेश गर्ने काम मा फँसाइएकाे बाेध भयाे र लाेकार्पण नै स्थगित गरेर फेरि अर्काे पुस्तक छपाउन लगाए । याे कुरा मन्त्री ले सभा मै खुलस्त गरेका हुन् । पछि उनले अाफू मेराे निवास मा अाएकाे बेला मा पनि याे कुरा भने ।

३ मन्त्रीपद बाट हटे पछि उनले अाफू ले जारी गरेकाे हिज्जे नीति गलत थियाे भनेर अर्का शिक्षामन्त्री धनीराम लाई साे नीति खारेज गरिदिन भने । मन्त्री धनीराम ले त्याे नीति खारेज गरेर त्रिवि नेपाली विभाग काे सिफारिस मा फेरि अर्काे भाषिक नीति जारी गरे । तर त्याे नीति झन् विवाद मा फँस्याे र उनी तेसलाई अाफै ले खारेज गर्ने याेजना गर्दै थिए हाेलान्, तर राजनीतिक कारण ले उनकाे मन्त्रिमण्डल स्वयं नै खारेज भयाे, उनले तेसलाई खारेज गर्न पाएनन् ।

४ अहिले गाेपालमान शिक्षामन्त्री छन्। उनी पनि पूर्वमन्त्रीहरू कै बाटाे हिँड्छन् कि के गर्छन्, त्याे कुरा दैव जाने ! शायद हिँड्दैनन् हाेला पनि, मित्रहरू लाई धाेखा भयाे, मँ त धाेखा खान्न भनेर साेच्लान् अथवा जे गर्लान् । त्याे मन्त्री कै कुरा भयाे ।

५ एता नेपाल प्रज्ञा ले कराेडाैं रकम खर्चेर तयार गरेकाे र ऊ अाफै ले सर्वाधिक प्रामाणिक भनेकाे शब्दकाेश लाई अाफै ले खारेज गरेर फेरि नयाँ शब्दकाेश बनाउन थालेकाे कुरा अखबार मा अाएकाे छ । अाफै ले बनाएकाे शब्दकाेश एसरी अाफै ले खारेज गरेकाे लाजमर्दाे घटना कतै अन्त का प्रज्ञाप्रतिष्ठान मा भएकाे छ छैन मलाई थाहा छैन । तैपनि काेश एकदमै अशुद्ध थियाे र खारेज हुनु पर्छ भन्ने मा मँ पनि एउटा थिएँ ।

६ उता भाषा मा नयाँ नयाँ फरमान जारी गर्ने काम मा अभ्यस्त त्रिवि का गुरुहरू अर्काे नयाँ फरमान तयार गरेर नयाँ शिक्षा मन्त्री कहाँ गएकाे तर भेट नपाएर फर्केकाे खबर पनि अाएकाे छ । शायद मन्त्री काे व्यस्तता हाेला !

७ तर मन्त्रालय चहारेर भाषा शुद्धि काे अादेश गरिदेऊ भन्ने कि भाषाविज्ञान का पुस्तक चहारेर निष्कर्ष मा पुग्ने भन्ने कुरा छ । सरकार लाई भाषाशास्त्र पढ्ने फुर्सद भए जस्ताे देखिँदैन । एस्ताे अवस्था मा हामी लेखकहरू ले के गर्ने ? मेराे साेझाे बुद्धि ले त हाम्राे एउटै कर्तव्य हुन्छ हामी भाषाशास्त्र का शरण मा पराैं । अलिकति विश्वप्रचलन पनि हाम्राे सहयाेगी हुन सक्छ । खै अर्काे के उपाय हाेला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *