Best Online News From Nepal

कू-संस्कारबाट चांडो बाहिर निस्केको राम्रो

Hindu-Nepal

छुवाछुत हिन्दूत्वका लागि कलंक हो | हामी मानसिक र ब्यबहारिक रूपमा यो कू-संस्कारबाट जतिसक्दो चांडो बाहिर निस्केको राम्रो | राज्यले कानुन बनाएर मात्रै पुग्दैन | कार्यान्वयनको समिक्षा गर्नुपर्छ | गफ र कानुनी ब्यबस्थाले समाजवदलिने भए २००७ साल देखि छुवाछुत विरोधी कानुन छ तर हामी मध्येका धेरै मानिसहरू वदलिएनन् |
‘दलित’ पहिचान होइन | दलित जात होइन | अवस्था पनि होइन | दलित एउटा चिन्तन हो | जुन चिन्तनले हाम्रो संस्कृतिलाई कमजोर बनाइरहेको छ | जसले विधर्मीहरूलाई हिन्दू धर्म र संस्कृतिको गौरवलाई कलंकित गर्ने हतियार दिइरहेको छ |हामीलाई कम्जोर र भ्रमित पारिरहेको छ |अहिले हाम्रो पहिलो चुनौती भनेको नै ‘दलितपन’लाई परिचयका रूपमा ब्याख्या गर्ने र त्यसका आधारमा हिन्दूहरू बीच द्वन्द गराउने ‘जातीय’तासंग छ | हामी वीचको असमानता जातीय (racial) होइन स्वजातीय हो | दक्षिण अफ्रिकाको जातीय उन्मुक्तिको सन्दर्भ नेपालसंग कत्ति पनि मिल्दैन | नेपालमा जातीयताका आधारमा (नाकका आधारमा) विभेद कहिल्यै थिएन | हाम्रो द्वन्द एकै परिवारको द्वन्द हो | यो पारिवारिक द्वन्दलाई परिवारका सदस्यहरू मिलेर सुल्झाउनु पर्छ |
एकै परिवारमा विभेदित जीवन विताउन परेपछि विद्रोह गर्नु अस्वाभाविक होइन | यो कू-संस्कारका संस्थापक नेपालको वर्तमान पुस्ता होइन | जसले विभेद गर्छ उसले दण्ड पाउने ब्यबस्था राज्यले गरेको छ | एत्तिले पुगेन, अव समाजले समेत विभेद गर्नेहरूलाई सामाजिक-वहिस्कार गर्ने ब्यबस्था गर्नु पर्यो | विस्वकर्मा र आचार्य बीच मांगी विवाह स्वाभाविक हुनुपर्यो | शारीरिक वासना पूर्तिका लागि तथाकथित प्रेम विवाह गरेर ‘मिडिया’मा धाउनेहरूले सामाजिक परिवर्तनको यो प्रयासलाई झन् नोक्सान पुर्याउँछन् | एकै परिवारका सदस्यहरू वीच मन मिलिसकेको भए पनि मनमा मैलो निम्त्याउछन् | राजनैतिक उद्देश्यका लागि ‘पशुपतिनाथ’को प्रवेशले सामाजिकीकरण विथोलिन्छ | एकआपसको प्रेम विथोलिन्छ | अविश्वास बढ्छ |
आज यदि हामीले अलिकति विचार गरेर हेर्यौं भने डलर बोकेर दलित, जनजातिका घरघरमा पुगेर धर्म परिवर्तन गर्न क्रियाशील व्यक्तिहरूमा शर्मा, ढकाल, रोकाया, अर्यालजस्ता बाहुन थर भएका मानिस नै बढी छन् | डलरमा विकेको ‘शर्मा’को वर्चस्वले दलित समाजलाई भ्रमित गरिरहेको छ | नेपालका अधिकांश चर्चहरूका प्रमुखहरू गैरदलित नै छन् | बाहुनथरको सुप्रिमेसीका रूपमा प्रयोग गरेर क्रिस्चियनहरूले नेपाली संस्कृति र संस्कारलाई निल्दैछन् |म चुनौती दिन चाहन्छु, यदि तिमीहरू साच्चिकै दलितहरूका हितैषी हौँ भने नेपालका हरेक चर्चको पास्टरमा दलितलाई नियुक्त गर | मिडियामा पास्टर नारायण शर्मालाई होइन रोसन मगर, सीता विश्वकर्माहरूलाई प्राथमिकता देउ |

मित्र, दलित र गैरदलितको पहिचान नै गलत भएकोले यसको वहिस्कार गरौँ र हामी ‘हिन्दू सबै एक हौँ’ भनेर गर्व पूर्वक भनौ विभेद निम्त्याउने चिन्तनलाई भन्दा मुटु जोड्ने प्रेमको डोरीहरू पहिचान गरेर आफैलाई परिवर्तन गरौँ |

Govinda Upadhyaya

https://www.facebook.com/gsu300/

Leave a Reply

Your email address will not be published. Required fields are marked *