Best Online News From Nepal

हस्तक्षेप भयो कि भाषा भाँडिन्छ-मुकुन्द शरण उपाध्याय

मुकुन्द शरण उपाध्याय—-

# हस्तक्षेप भयो कि भाषा भाँडिन्छ #

१. कुनै पनि जीवन्त भाषा का दुई रूप हुन्छन्, स्तरीय र सामान्य । स्तरीय रूप परिमार्जित र सुसंस्कृत हुन्छ । एसैलाई मानक भाषा पनि भन्छन् । साहित्य र सार्वजनिक लेखापढी मा स्तरीय भाषा खोजिन्छ । सामान्य भाषा चैं सर्वसाधारण को बोलचाल मा हुन्छ (लेखाई मा यो भाषा तेतिखेर मात्र आउँछ जब साहित्य ले सामान्य पात्र का मुख बाट केही भनाउन खोज्छ) । सामान्य भाषा लाई जनभाषा, लोकभाषा, कथ्य भाषा वा भाषिका आदि भन्छन् ।

२. सामान्य भाषा का स्थानगत र समुदायगत भेद, प्रभेद हुन्छन् । योे स्तरीय जस्तो सुसंस्कृत र परिमार्जित हुँदैन । संस्कृत परम्परा मा स्तरीय भाषा लाई संस्कृत (संस्कार गरिएको भाषा) र सामान्य लाई प्राकृत (जनसामान्य को भाषा) भनिन्छ । संस्कृत युग मा स्तरीय भाषा मा लेख्नेहरु पनि पारिवार भित्र प्राकृत भाषा नै बोल्थे । नेपाली मा पनि यो परम्परा जीवित छ र रहिरहन्छ ।

३. उक्त दुवै थरी भाषा यादृच्छिक हुन्छन् । यादृच्छिक भनेको स्वतः विकसित र स्थापित हुने भनेको हो । एसर्थ स्तरीय भाषा पनि आफ्नै शैली मा नयाँ नयाँ कृतिहरु तयार गर्दै स्वतः विकसित र समृद्ध बन्दै जान्छ । सामान्य भाषा पनि आफ्नै शैली ले गतिशील भैरहन्छ । यी दुवै यादृच्छिक हुन्, एसर्थ इनलाई हस्तक्षेप गर्न हुँदैन । वास्तव मा भाषा का नियमहरु शान्त र निर्मल हिमसरिता जस्तै हुन्, जहाँ अहर्निश अञ्जुली उभाएर पानी खान सकिने स्वच्छता र मिठास हुन्छ, तर तेसको अविरल गति मा अवरोध भयो कि धमिलिन्छ र बाटो छोडेर समेत हिँड्न थाल्छ ।

४. एसरी यी दुवै रूप आँफै विकसित र गतिमान् हुन्छन् र हामीले अवरोध ल्याएनौं भने स्तरीय होस् वा सामान्य दुवै भाषा ले आफ्ना नियम आँफै बनाउँछन् भन्ने स्पष्ट भयाे। विद्वद्वर्ग को काम त भाषारूपी निर्मल सरिता मा आएको अवरोध लाई हटाइदिने र उसको स्वच्छ प्रवाह लाई आफ्नै गति मा अगि बढ्न सगाउने मात्र हो । विज्ञहरु ले हस्तक्षेप को हुँडलो मच्चाउने होइन । नत्र हुँडलिदिँदा सरिता को पानी झैं भाषा पनि धमिलिन्छ र समाज लाई अग्राह्य हुन थाल्छ । अग्राह्य बन्नु भनेको तेस भाषा मा लेख्न मन नलाग्ने बन्नु हो ।

५. दुर्भाग्यवश नेपाली भाषारूपी निर्मल सरिता मा दुई पटक हस्तक्षेप भयो, राणाकाल एक पटक र प्रजातन्त्र काल मा अर्को पटक । राणाकाल मा लालमोहर बाटै हस्तक्षेप भयो, प्रजातन्त्र काल मा प्राज्ञिक संस्थाहरु बाट हस्तक्षेप भयाे। राणाकाल मा १९९२ साल मा र प्रजातन्त्र काल मा त्रिवि नेपाली विभाग बाट २०३४ साल मा एस्तो भयो । हामी त बबुरा लेखक ! हाम्रा तर्फ बाट २०३४ को हस्तक्षेप लाई रोक्न नखोजिएको होइन, तर बबुराहरु को उपाय के लागाेस् !

६. तर हामी लेखकहरु पनि दुई थरी छाैं । एक थरी ले हिजाे काे हस्तक्षेप काे पीडा बिर्सन सकेका छैनाैं र हाम्रा इनले, इनकाे, तेसले, तेसकाे, एसले, एसकाे अादि शुद्ध शब्दहरु लाई विना अपराध
किन लखेटियाे ? भनिरहेछाैं र लखेटिएकाे तेस अन्याय मा चित्त बुझाउन सकिरहेका छैनाैं र ती सरल र शुद्ध शब्द लाई न्याय दिलाउन प्रयास गरिरहेछाैं। अर्का थरी ले त्याे पीडा बिर्सिसकेका छाैं र हस्तक्षेपीहरु ले लादिदिएका यिनले, यिनकाे अादि लाई नै शुद्ध र अाफ्ना शब्द ठानिरहेका छाैं र उल्टै अाफ्ना हस्तक्षेपविराेधी साथीहरु लाई नै गाली गरेर हस्तक्षेप का पक्षधरहरु लाई सगाइरहेछाैं ।

७. हामी मध्ये केही लेखक स्तरीय भाषा र सामान्य भाषा काे क्षेत्र नबुझेर स्तरीय लाई नै कथ्य भाषा मा ढाल्नु पर्छ भन्छाैं जब कि त्याे सम्भवै छैन । किन कि कथ्य भाषा भूगाेल काे दूरी अनुसार फेरिइरहन्छ । जस्तै काश्की र तनहूँ तिर गर्छू भन्ने ठाउँ मा अर्चू भन्ने चलन धेरै नै छ । कतै कतै
भैंसी लाई भुइँसी र बहिनी लाई बुइनी भनेकाे पाइन्छ भने कतै चाेया लाई चूया बाँदर लाई बनकर भनेकाे भेटिन्छ । एसरी कथ्य अनुसार पुस्तक छपाउँदै जाँदा नेपाली पुस्तकहरु नेपाली ले नै नबुझ्ने अवस्था मा अाउने डर रहन्छ । एसै भएर माथी (नं १ मा) जीवन्त भाषा का स्तरीय र सामान्य गरेर दुई रूप हुन्छन् भनिएकाे हाे र लेखकहरु ले स्तरीय भाषा मै लेख्न पर्छ भन्न खाेजिएकाे हाे ।

८. तर हामीले के बिर्सन हुन्न भने उक्त दुवै हस्तक्षेप बाट हाम्रा शुद्ध शब्द आहत बनेका छन् र उनकोे व्युत्पत्ति प्रक्रिया भत्केको छ र विभक्तिहरु को उचित प्रयोग मा गडबडी आएको छ । जब हस्तक्षेप ले राज्य को लालमोहर समेत पाउँछ र जनता सँग विरोध गर्ने अधिकार हुँदैन त्यो बेला लेखनाथ, चक्रपाणि, सिद्धिचरण, देवकोटा र हृदयचन्द्र जस्ता को पनि केही लाग्दैन भनेर बुझ्न उनीहरु पनि इनले लेख्न छोडेर यिनले लेख्न बाध्य भएकाे बाट सहजै बुझियाे। दोसरो हस्तक्षेप पछि त आज असंख्य होनहार लेखकहरु अझै विकराल अशुद्धि को भुमरी मा धकेलिएका छाैं ।

९. नेपाली भाषा अहिले कस्तो स्थिति मा सम्म पुगेको छ भने यदि विद्यमान व्याकरण र कोशहरु लाई थन्क्याएर, नेपाली समाज र नेपाली भाषा लाई मायाँ गर्ने एनआरएन वा एस्तै कुनै असल संस्था को सहयोग मा एउटा भाषिक आयोग बनाएर तेसको सहयोग मा नेपाल का पचहत्तरै जिल्ला सदरमुकाम र नेपाल बाहिर का दारजीलिङ, सिक्किम, देहरादून, गोहाटी आदि र तेसरो मुलुक का हङकङ, बर्मा, लण्डन, सिडनी, मस्को, कतार, न्यूयोर्क जस्ता धेरै नेपाली भेटिने ठाउँ मा पुगेर तेहाँ को संवाद, भाषण आदि को ध्वनि रेकर्ड लाई सुनेर तथा व्याकरण नपढेका साक्षर नेपालीहरु को हस्तलिपि हेरेर नयाँ व्याकरण नबनाए सम्म नेपाली भाषा ले न्याय पाउने सम्भवना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *