Best Online News From Nepal

हरुवा गोरुको छेरुवा दाउ

राम शर्मा

 

 

हुन त कम्युनिष्ट र पुँजीवादी सँस्कारका राजनितिज्ञहरु जिम्मेवार विहिन हुन्छन भन्ने विश्व जगतलाई थाहै भएको कुरा हो । अर्कालाई दोष दिँदै आफुले देश दोहन गर्ने काम काँग्रेसले गरेकै थियो अनि दोहनकार्यमा कम्युनिष्टले काँग्रेसिहरुलाई जितेकै हुन । पञ्चहरुलाई त के भन्नु पाँच वटा औंला सहितका हातले जे भेट्टायो त्यही, जहाँ भेट्टायो त्यहीं लपालप पार्ने प्रवृत्तिका शुरुवातकर्ताहरु नै हुन् ।

नयाँ सरकार आयो । कम्युनिष्टको बहुमतिय सरकार (एकता भयो भने दुई तिहाइ नै होला । यस्तो सरकारका मन्त्रि  तथा पार्टी कार्यकताहरुले अनौठाको व्यवहार देखाउँदै छन । उनीहरुका अनुसार भएभरका नराम्रा कामहरु सबै देउवा सरकारको पालामा भएका, नियमावलिहरु पनि काँग्रेसकै धरपकडमा गर्न बाध्य भएका र त्यसको निरन्तरता दिनु अहिलेको सरकारको बाध्यता जस्ता कुरा गर्दै हिँडेका कथा वग्रेल्ति हुन थालेका छन ।

आफ्नो बहुमत हुँदा पनि काँग्रेसकै बुईमा बसेर सरकार चलाए जस्तो कुरा कम्युनिष्ट साथी र मन्त्रिहरुका कुरा सुन्दा त अल्लि हजम हुन छोडेको छ । अति क्रान्तिकारी भनेर आफुलाई चिनाउने साथिहरुले यस्ता गतिछाडा कुरा गर्नु भएन । दम छ भने त्यस्ता नराम्रा प्रवृत्तिलाई हटाउनु पर्छ, दम छैन भने लुतुरे कुरा गर्दै सधैं जस्तो काँग्रेसलाई गालि गर्दै पन्छिने र आफु जथाभावी गर्ने प्रवृत्ति त्याग्नु पर्छ की ? यो देशको विकाश त्यसपछी मात्र सम्भव छ की ?

हाम्रो नजरमा काँग्रेस होस कम्युनिष्ट होस वा पञ्च नै किन नहोस बानि व्यहोरामा रौं विस्तुर तलमाथी छैन । नेपालका हरेक नेपालीले व्यवहारिक रुपमै हामी फरक हौं भन्ने हिम्मत गर्ने पार्टी खोजेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *