Best Online News From Nepal

हचुवामा बाँडियो किसान परिचयपत्र

किसान परिचयपत्र हचुवामा वितरण गरिएको छ । किसान र गैर किसान वर्गीकरण गरेर परिचयपत्र वितरण गर्नुपर्नेमा परिचयपत्र प्राप्त गर्नेमा अधिकांश पहुँचवाला र ठूलो परिमाणमा जग्गाजमिन भएका परेका अन्नपूर्ण दैनिकमा समाचार छ । कृषि विकास मन्त्रालयले गत आर्थिक वर्षदेखि सुरु गरेको किसान परिचयपत्र वर्गीकरणविना नै वितरण गरिएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा पाँच विकास केन्द्रका एक–एक गरी पाँच जिल्लामा परिचयपत्र वितरण गर्ने योजना बढाएको थियो । जस अनुसार बाँके, बागलुङ, बारा, डडेल्धुराका किसानलाई परिचयपत्र वितरण गर्ने योजना थियो । धनकुटा र डडेल्धुराका किसानलाई परिचयपत्र वितरण गर्ने योजना थियो ।
पाँच जिल्लाका ५१ हजार नौ सय ८५ किसानलाई सरकारी सेवासुविधा प्रभावकारी रुपमा उपलव्ध गराउन परिचयपत्र वितरण गर्ने योजना थियो । मन्त्रालयले परिचयपत्र मार्फत खाद्य सुरक्षा कायम राख्न मल, कृषि उपकरण, बैंक ऋण, बीउ, पशु तथा दूधजन्यलगायतका क्षेत्रगत विषयमा अनुदान तथा सेवासुविधा उपलव्ध गराउने दाबी गरेको थियो ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *