भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण र निरीक्षणका लागि आवश्यक स्रोत केन्द्रको स्थापना हुन नसक्दा पुनर्निर्माणसम्बन्धी काममा ढिलाई भएको बताएको छ।
झण्डै डेढ सय स्रोत केन्द्र स्थापना गर्न २ हजारभन्दा बढी जनशक्ति आवश्यक हुने बताइएपनि उक्त जनशक्ति पूर्ति गर्न सरकारले हालैमात्र सूचना जारी गरेको छ।
प्राधिकरणको योजना अनुसार ३ देखि ६ वटा गाँउलाई समेट्ने गरी एउटा स्रोत केन्द्रको स्थापना गरिनेछ।
त्यसका लागि प्रभावित सबै १४ वटा जिल्लामा १६० वटा केन्द्र आवश्यक पर्ने बताइन्छ तर जनशक्ति अभावका कारण प्राधिकरणले त्यो काम शुरु हुन नसकेको बताएको छ।