Best Online News From Nepal

स्थानीय तह काँग्रेस कास्कीको प्रशिक्षण

 

पोखरा, २६ फागुन । स्थानीय तह नेपाली काँग्रेस कास्कीले पोखरामा शनिवार प्रशिक्षण गरेको छ ।

कार्यक्रममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, जिल्ला कार्य समिति र वडा इकाइ सभापतिहरु गरी एक सय बढिको सभागिता रहेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधान र कानुनमा स्थानीय तहका जनप्रतिनिधिहरुको काम, कर्तव्य, अधिकार, अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले स्थानीय तहका जनप्रतिनिधि र पार्टी संगठनवीचको समन्वय, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदिशचन्द्र पोखरेलले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा प्रशिक्षण दिएका थिए ।

स्थानीय तह नेपाली काँग्रेस कास्कीका सभापति युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सहसंयोजक रामराज लामिछानेले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *