Best Online News From Nepal

सोमबारका टप १० आर्थिक खबरहरु : छुटाउनुभयो कि ?

नेपाली पत्रकारिता जगतमा आर्थिक समृद्धिका बहस, ताजा खबर तथा देशविदेशका सकारात्मक समृद्धिका आधार सहितका रिपोर्टहरु प्रस्तुत गर्दै आएको यस विजनेस संसार डट कम नितान्त आर्थिक अनलाइन पत्रिका हो । मुलुकलाई आर्थिक समृद्धिको बाटो देखाउने किसिमका विभिन्न सामग्रीहरु प्रकाशन गर्दै आएको यस अनलाइन न्युज पोर्टलले पाठकहरु कुनै पनि विजनेस खबरबाट बञ्चिन नहोउन् भन्नाका खातिर हरेक साँझ ७ बजे दिनभरिमा प्रकाशित उत्कृष्ट १० आर्थिक खबरहरुलाई एउटै पानामा समेट्ने गरेको छ । यसैबिच, ०७३ बैशाख २० गते सोमबारका टप १० आर्थिक खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

उत्पादनशील क्षेत्रमा बैँकिङ लगानी विकर्षित हुनुका कारणहरु
नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति कार्यान्वयनको चरणमा रहेका बेला बैंक तथा वित्तीय संस्थाको लगानी फेरि उत्पादनशीलभन्दा अनुत्पादक क्षेत्रमा बढि देखिएको छ । बैंक तथा वित्तीय क्षेत्रका लगानी उत्पादनशील क्षेत्रबाट विकर्षित हुनुमा निक्षेपको ब्याजदर घट्नुले मुख्य भूमिका खेलेको देखिन्छ । पछिल्लो समय धेरै लगानी घरजग्गा र सेयर बजारमा बढिरहेको छ ।

साना किसान बैँकले यसपटक ४ सय युवालाई इजरायल पठाउने
विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि साना किसान बिकास बैंकले ४ सय युवालाई आधुनिक कृषि तालिमका लागि इजरायल पठाउने भएको छ । त्यसका लागि यही मंगलबारबाट छनौट चरण सुरु गरिने बैंकले जनाएको छ । तीन वर्षअघि नेपालका लागि इजरायली दूतावास, साना किसान विकास बैंक र साना किसान कृषि सहकारीको समन्वय तथा अर्थ र परराष्ट्र मन्त्रालयको सहमतिमा नेपालका साना किसान परिवारका युवाहरुलाई इजरायल पठाउन सुरु गरिएको थियो ।

चिनी उद्योगीलाई डबल फाइदा : विजुली बेचेर मालामाल हुने अवसर
चिनी उद्योगीलाई बिजुली बेचेर थप आम्दानी गर्ने अवसर मिलेको छ । सरकारले चिनी उद्योगबाट उत्पादन हुने बिजुली किन्ने प्रक्रिया सुरु गरेपछि उद्योगीलाई यस्तो अवसर मिल्ने भएको हो । चिनी उद्योगमा उत्पादित बिजुली तीन महिनाभित्र प्रचलित दर (प्रतियुनिट ८.४ रुपैयाँ)मा खरिद गर्ने व्यवस्था कार्ययोजनामा छ । चिनी उद्योगबाट वार्षिक २६ करोड युनिट बिजुली आपूर्ति हुने उद्योगीले बताएका छन् ।

भुकम्पको धक्का ६ वर्षपछि देखियो : हाईटीका बैंकहरु समस्याग्रस्त   
हाइटी एक विकाशोन्मुख क्यारेवियन राष्ट्र हो । सन् २००३ मा त्यहाँको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको थियो भने ४० प्रतिशत जनसंख्या बेरोजगार थिए । एउटा स्थिर र विश्वसनीय बैँकिङ प्रणालीको अभावका कारण हाइटीको आर्थिक अवस्था एकदमै नाजुक थियो । अस्थिर मुद्रा, लगानीको अभाव र अनेकौँ व्यापारीक समस्या लगायतका कारण हाइटीले ठूलो समस्याग्रस्त र संकटपूर्ण अवस्थाबाट गुज्रनुपर्यो ।

सोमबारको नेप्से : ७६ करोडको कारोबार, साँढे ९ अंकले बढ्यो परिसूचक
सोमबार नेपाल स्टक एक्सचेन्जमा ७६ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय २५ वटा कम्पनिको ८ लाख ५१ हजार ७ सय ८६ कित्ता शेयर ३ हजार २ सय ९१ पटक खरिदविक्रि हुँदा कुल ७६ करोड २५ लाख २० हजार ५ सय १९ रुपैँयाको कारोबार भएको हो । नेप्से परिसूचक ९.५६ अंकले बढेर १४७४.७४ अंकमा पुगी सोमबारको कारोबार बन्द भएको छ ।

मूल्यवृद्धिदर १० प्रतिशतमा : गभर्नर डा. नेपाल
गभर्नर डाक्टर चिरञ्जिबी नेपालले गत वर्ष भएको भारतीय नाकबन्दीबाट नेपालीले पाठ सिक्नुपर्ने बताएका छन् । उनले भने, ‘विगतमा भएको नाकाबन्दीबाट हामीले पाठ सिक्नुपर्छ, अब आयात कम गरि आत्मनिर्भर हुन जागरुक हुनुपर्छ ।’ ग्लोबल आईएमई बैंकको दमौली शाखाको आइतबार उद्घाटन गर्दैै उनले नेपाल आयातमा अधिक निर्भर रहँदा अर्थतन्त्र नै आयातमुखी बनेको बताए ।

सस्तियो सुनको भाउ
साताको दोस्रो दिन सुनको भाउ सस्तिएको छ । आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार भने तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५६ हजार ७ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन ५६ हजार ४ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ ।

हिटलरको रंगभेदी नीतिले ओछ्याएका लासहरु (फोटोफिचरसहित)
इतिहासका एकजना क्रृर तानाशाह हुन् हिटलर । २० अप्रिल १८८९ मा अष्ट्रियामा जन्मिएका हिटलर जर्मनका नाजी पार्टीका नेता थिए । उनले अनाहकमा ६ वर्षको अवधिमा ६० लाख निर्दोष यहुदीहरुलाई ग्याँस च्याम्बरमा हाली हत्या गरे । दोस्रो विश्वयुद्धका प्रमुख कारकसमेत रहेका उनी पहिलो विश्वयुद्धमा पनि सहभागी थिए । सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी(नाजी पार्टी)को सदस्यता लिए ।

सुरु भयो लाप्राक नमुना वस्तीको होमवर्क 
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले गोर्खा जिल्लाको लाप्राकमा ‘लाप्राक नमुना बस्ती’ विकास दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउन गैरआवासीय नेपाली सङ्घलाई आग्रह गरेको छ । कार्यक्रम स्वीकृति सम्बन्धमा सङ्घलाई सोमबार पत्राचार गरी प्राधिकरणले त्रिपक्षीय सम्झौता भएको एक महिनाभित्र गुरु योजना स्वीकृत गराई समयमै काम सम्पन्न हुने गरी बस्ती विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भनेको हो ।

एक थोपा रगतको लागि छटपटाउँदै बाजुराका महिला
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको आकस्मिक कक्षमा प्रसूति हुन नसकेर बोकेर ल्याइएका दुई महिला छट्पटाइरहेका छन् । जिल्लाको पूर्वोत्तर जगन्नाथ गाविस–३ की २२ वर्षीया वसन्ती विष्ट चार दिनदेखि प्रसव पीडामा छट्पटाइरहनु भएको छ । उहाँलाई गाउँको स्वास्थ्य चौकीमा प्रसूति गराउन ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि आफन्तले बोकेर कोल्टीमा रहेको प्राथमिक स्वास्थ्यचौकीमा पु¥याइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *