सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग ३-०ले पराजित ,खेलको सातौ मिनेटमा पाएको फ्री किक खेलको ८४ मिनेटमा र ८५ मिनेटमा माल्दिभ्सले बल गोलमा परिणत गरेपछि नेपाल पछाडि परेको हो। यसअघि वर्षाका खेल केहीबेर स्थगित भएको थियो।
हरेक संस्करणमा उपाधि दाबेदार रूपमा आफूलाई प्रस्तुत गर्दै आएको नेपालले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन। सन् १९९३ मा सार्क राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सुरु भएको (सार्क गोल्डकप) साफ च्याम्पियनसिपले १२औं संस्करण पार गर्दा नेपाल सेमिफाइनलमाथि जान सकेको छैन।
बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाल यस पटक फेरि सेमिफाइनलमा पुगेको छ। च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरेको हो।
कठिन मानिएको समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणमा आफूलाई अब्बल सावित गरिसकेको छ। नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलको हार खेपेको थियो।
नेपाल दोस्रो खेलमा भुटानलाई ४–० गोलले हराएर खेलमा फर्किएको थियो। समूहको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक बंगलादेशलाई २–० गोलले हराएपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।