Best Online News From Nepal

सेनाले पायो काठमाडौँमा उद्योग खोल्ने अनुमती

नेपाली सेनाले काठमाडौँँ महानगरपालिका भित्र कपडा उद्योग सञ्चालन गर्ने भएको छ ।  उद्योग मन्त्री सोमप्रसाद पाण्डेको अध्यक्षतामा बसेको औद्योगिक प्रबद्र्धन बोर्डको बैठकले नेपाली सेनालाई उद्योग खोल्ने अनुमति दिएको हो । गत बर्ष कम्पनी दर्ता गरि सञ्चालनको तयारीमा रहेको उद्योगलाई बैठकले अनुमति दिएको बोर्डका सदस्य सचिव तथा उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । यस अघि बोर्डकै बैठकले काठमाडौ महानगरपालिका क्षेत्रमा उद्योग खोल्न नपाइने व्यवस्था गरेको थियो ।

उद्योगको लगानी ४ करोड ७५ लाख रुपैयाँ हुने  बताईएको छ । उद्योगमा ४ करोड ४० लाख रुपैयाँ स्थीर पूँजी हुने छ । चालु पूँजी भने ४५ लाख रहने गरि प्रस्ताब पेश भएको हो । सेनाको बहु व्यवसाय उद्योग नामको मुनाफा वितरण नगर्ने उद्योग रहने जनाइएको छ । उक्त उद्योगले ३० हजार जर्सी, ६४ हजार भेष्ट, ३ लाख ४२ हजार मोजा, १ लाख २४ हजार ब्ल्यांकेट, ५० हजार झुल, ५० हजार क्याप, ४० हजार चुस्ता, ५० हजार थान झोला उत्पादन गर्ने छ । दर्ता अनुमति अनुसार उद्योगमा ४१ जना सेनाले काम गर्नेछन् । ‘पहिलेदेखिनै सञ्चालनमा रहेपनि कानुनि रुप दिन सेनाले हाल प्रस्ताब गरेको देखिन्छ । सेनाको विभिन्न निदेर्शनालय तथा बाहिनीहरु उक्त उद्योगका शेयरहोल्डर रहनेछन् । सैनिक प्रबक्ता तथा सहायक रथी तारा बहादुर कार्कीका अनुसार नेपाली सेनाले उद्योग दर्ताको अनुमति पाएको यो पहिलो पटक हो । महानिर्देशक न्यौपानीका अनुसार दुई वटा जलविद्युत आयोजनाको बिषयमा पनि निर्णय भएको बताए ।

त्यस्तै बैठकले मान्डु जलविद्युत आयोजनाको पूँजी बृद्धि र बेत्रावती जलविद्युत आयोजनाको सेयर परिवर्तनबारे बोर्डले निर्णय गरेको हो । मान्डु जलविद्युतमा हाल हिमालयन इन्फास्टक्चर फन्ड लिमिटेडको ३० प्रतिशत र बाँकी सिचुवान हेचुवान इन्भेसमेन्ट कम्पनी लिमिटेडको नाममा छट । पूँजी बृद्धिसंगै हालको शेयर संरचनामा स्वदेशीको ५१ र विदेशीको ४९ प्रतिशत लगानी बनाइएको छ ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *