Best Online News From Nepal

सुनको भाउ : साताभर उतारचढाव, आइतबारकै भाउमा कारोबार

सुनको भाउ पुनः उकालो लागेको छ । साताको सोमबारदेखि समान्य घटिरहेको सुनको भाउ शुक्रबनर प्रतितोला ५ सय रुपैँयाका दरले बढेको हो ।

भाउ बढेसँगै शुक्रबार छापावाला सुन प्रतितोला ५५ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५५ हजार २ सय ५० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको आइतबार छापावाल सुन ५५ हजार ५ सय र तेजावी सुन ५५ हजार २ सय ५० पुगेको थियो । साताको दोस्रो दिन सोमबार ११ सय रुपैयाँले सस्तिएको सुनको भाउ त्यसयता बढेको हो ।

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ बढेर सातसय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबारको तुलनामा शुक्रबार तोलामा पाँच रुपैयाँ सस्तो हो । आइतबार तोलाको सातसय ४५ मा कारोबार भएको थियो ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *