Best Online News From Nepal

सुनको भाउ आकासिँदै, आइतबार ५ सय रुपैयाँले बढ्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ। आइतबार सुन तोलामा ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको भाउ तोलाको ५६ हजार पाँच सय रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सँगै चाँदीमा पनि पाँच रुपैयाँले मूल्य बढेको छ । आइतबार चाँदी तोलामा आठसय पाँच रुपैयाँमा किनबेच भईरहेको छ । विवाहको सिजन चलीरहेका बेला सुनको माग बढेको छ । भूकम्प र नाकाबन्दीका बेला सुनको बजार घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *