Best Online News From Nepal

सिण्डिकेट फर्काउने षड्यन्त्र भइरहेको छ-गृहमन्त्री राम बहादुर थापा ‘बादल’

काठमाडौ/ श्रीकृष्ण धिमाल

बुधबार नयाँ बसपार्क गोगंबुमा आयोजित  ‘यातायात क्षेत्रको विद्यमान अन्योलता, चुनौती र समाधान ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले यस्तो बताएका हुन् । उनले अझै सिन्डिकेट फर्काउने प्रयास भइरहेको भन्दै त्यो प्रयास पूरा नहुने बताएका हुन्।

‘ अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने, यो क्षेमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिन्डिकेटलाई फर्काउने खेल भइरहेको छ’, मन्त्री बादलले भने, यसबारे सरकार सचेत छ ।’

यातायात मात्रै नभई कृषि , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिन्डिकेटले जरा गाडेको भन्दै उनले देश विकासका लागि यो बाधक रहेको बताए।

‘सिन्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन । जनतालाई समृद्ध बनाउने जुन प्रतिबद्धता गरेका छौं’, उनले भने, ‘त्यो पूरा हुन सक्दैन ।’ गृहमन्त्री बादलले सिन्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सहयोगका लागि सबैलाई अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *