Best Online News From Nepal

सिक्किममा बस दुर्घटना, ४ नेपालि भाषिको घटना स्थल मै मृत्यु केहि गम्भिर घाईते भयका छन

Raj Kumar Pradhan/  Barap Namgyal Bhutia /Sikkim

गान्तोकबाट उत्तर जिल्लाको मगन जाने क्रममा एसएनटी बस एसके 01 बी 0241 राङराङ नजिक दुर्घटना हुँदा ४ जनाको घटना स्थल मै मृत्यु भएको छ भने अन्य 23 जना घाईते भएका छन्। दुर्घटनामा घायल हुनेहरूलाई उद्दार गरेर उपचारको निम्ति मगन अस्पताल लगिएको छ राहत एवं बचाव कार्य युद्ध स्तरमा चलिरहेछ। बचाव कार्यमा पलिस प्रशासन, सेना र स्थानीय मानिसहरू जुटेका छन्। घाइते हुनेहरूलाई पहिला मगन जिल्ला अस्पताल लगिएको छ भने, प्राथमिक उपचारपछि गम्भिर अवस्था रहेकालाई रेफर गरिने छ। दुर्घटना स्थलमा जिल्लापाल, पुलिस अधिक्षक, जिल्ला प्रशासनका अघिकारी समेत अन्य पनि बचावमा जुटेका छन्। घटना स्थलबाट घाइते भएकाहरूलाई उद्दार गर्ने काम लगभग पुरा भएको छ। यो दुर्घटना लगभग बिहान 11.15 बजे भएको हो। अप्पर राङराङमा विगत 18 सितम्बर 2011को भुईचालोले भत्काएको चर्च नजिकको गोलाईबाट बस दुर्घटनाग्रस्त हुँदा लगभग 600 फुट तल झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *