Best Online News From Nepal

सिक्किममा बंगाल पुलिसको गोलिले नेपालि भाषिको हत्या यो दादागिरी कहिले सम्म?

Raj Kumar Pradhan

बंगाल पुलिसको दादागिरीको हामी घोर विरोध गर्दछौ ।
——————————————————————–
बंगाल सरकारको वास्तविक चरित्र उदाङ्गो भएको छ कि बंगालको सीआईडी होस या पुलिस होस सिक्किम सरकार या सिक्किम पुलिसको विना अनुमति सिक्किम भित्र प्रवेश गरी एक व्यक्तिको ज्यान लिएर बंगाल सरकारले आतंकवादीको परिचय दिएकोछ । सिक्किम पुलिसले प्रत्यक्ष परोक्षरुपमा ती बंगालको सीआईडी भनाउदाका परिचय पत्र साथै कोर्टको कागज माँग्दा दिन नसक्नुले नै यो प्रमाणित भएको छ । सिक्किम अनि सिक्कि पुलिसको सोझोपनको फाईदा उठाएर बंगाल अनि बंगाल पुलिसले यसरी पटक पटक हेप्ने काम गरेकोछ । बंगाल पुलिसको एसपी लगायत टोलीलाई कानुनको कठघरामा उभ्याएर कड़ा कानुनी कारबाही हुनु पर्छ ।
सिक्किम भुमिमा भएको यस गोली हत्या काण्डको अनि बंगाल सरकारको दादागिरीको हामी समस्त सिक्किमवासी घोर विरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *