Best Online News From Nepal

सिंगापुरविरूद्ध नेपाल ४ विकेटले विजयी

मलेसियामा जारी एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले सिंगापुरमाथि ४ विकेटको जित निकालेको छ।  सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले  २८.१ ओभरमा  ६  विकेट गुमाएर पूरा ग¥यो । जितका लागि ४ रन आवश्यक हुँदा नेपालले दीपेन्द्रसिंह ऐरी र सागर पुनको विकेट गुमाएको थियो । 

यो सँगै एसिया कप छनोटमा नेपालले दोस्रो जित दर्ता गरेको छ। कम्तिमा अंक तालिकाको दोस्रो स्थानमा रहँदै एसिया कपमा छनोट हुने आशा जीवितै राखेको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अल आउट हुँदै १५१ रन बनाएको थियो ।  नेपालको जितका लागि अनील शाहले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ३३ र ज्ञानेन्द्र मल्लले ३० रनको योगदान गरे ।

त्यसैगरी सुवास खकुरेल र सागर पुनले समान १४ रन, कप्तान पारस खड्काले ११ र आरिफ शेखले नटआउट ४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको सुरुवाती ब्याटिङ धर्मराएको थियो । ४.२ ओभरमा १८ रन हुँदा तीन विकेट गुमाएको सिंगापुरका लागि  चेतन सूर्यवंशी र अनिष परामले चौथो विकेटका लागि ८० रनको साझेदारी गरेपछि बलियो स्थितिमा पुगेको थियो । चौथो विकेटपछि लगातार विकेट लिएर सिंगापुरलार्इ नेपाली बलरले उच्च स्कोर बनाउन दिएनन् ।