Best Online News From Nepal

सात आयोजनाहरुको पीपीए स्वीकृत ,औपचारिक सम्झौता बाँकी

सात आयोजनाहरुको विद्युत खरिद प्रक्रिया अर्थात पिपिए  स्वीकृत भएको छ । स्वदेशी लगानीमा निर्माण हुन लागेका यी आयोजनाहरुको औपचारिक सम्झौता भने हुन बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले पीपीए स्वीकृत गरेका यी आयोजनाहरुको जडित क्षमता ८३ मेगावाट रहेको छ ।
चालु आर्थिक वर्षको हालसम्ममा २३ आयोजनाहरुसँग २६६ मेगावाटको लागि  पीपीए भएको प्राधिकरणले  जनाएको छ ।

यी आयोजनाहरुबाट २०७७ सालसम्ममा बिजुली उत्पादन हुने प्रवद्र्धक र प्राधिकरणबीच सम्झौता भएको छ । यस्तै भारतबाट विद्युत आयात गर्न एनभीभीएन विद्युत व्यापार कम्पनी र पावर ट्रेडिङ कर्पोरेसन अफ इण्डिया लिमिटेडबीचको विद्युत खरिद सम्झौतालाई  पनि प्राधिकरणले स्वीकृति दिएको छ । सञ्चालक समितिले स्वीकृत गरेकाले चाँडै प्रवद्र्धकसँग औपचारीक पीपीए हुने प्राधिकरणले जनाएको छ ।

आवश्यकताअनुसार मात्र खरिद गर्न सक्ने गरी प्रवद्र्धकसँग टेक एण्ड पे मा पीपीए  भइरहेको प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । हालसम्म ४ सय ७५ मेगावाट पीपीए टेक एण्ड पे मा भएको छ । तीमध्ये ८३ मेगावाट नयाँ भएको प्राधिकरणले जनाएको छ ।
हालसम्म प्राधिकरणले निजी  लगानीमा बन्ने १सय ९५ आयोजनासँग  पीपीए गरेको छ, जसको जडित क्षमता  २ हजार ७ सय ५८ मेगावाट छ । यी आयोजनाले ०७७ सालसम्ममा बिजुली उत्पादन गर्ने  प्रतिबद्धता जनाएका छन । प्राधिकारणले  हालसम्म न्यूनतम् ५ सय  किलोवाटदेखी ४सय ५६ मेगावाट क्षमतासम्मका आयोजनासँग पीपीए गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *