Best Online News From Nepal

साग फुटबल: भुटानविरूद्ध नेपाल ४-० ले अघि(अपडेट)

नेपालले ४-० को अग्रताल लिएको छ। खेलको ७५ अाैँ मिनेटमा नबयुग श्रेष्ठले गोल गर्दै नेपाललार्इ ४-०को अग्रता दिलाएका हुन्।

 

***

नेपालका लागि खेलको ५१ अाैँ मिनेटमा  अन्जन विष्टले टोलीका लागि अर्को गोल थपेका छन्। योसंगै नेपालले ३-० को अग्रता लिएको छ।

 

***

४४औं मिनेटमा नेपालले अर्को गोल थप्दै भुटान विरुद्ध ३-०को अग्रता लिएको छ। विशाल राईले नेपालको अग्रता दोब्बर पारेका हुन्।

***

३३औं मिनेटमा नेपालले भुटान विरुद्ध गोल गर्दै खेलमा १-०को अग्रता लिएको छ। नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका हुन्।

***

भारतको गुवाहाटीमा भइरहेको १२ साग अन्तर्गतको पुरुष फुटबलमा नेपाल र भुटान बीचको खेल सुरु भएको छ।

***

समूह चरणको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शन गर्दै उपाधी उचाल्न सफल नेपाली टोली उत्साहका साथ मैदानमा उत्रिँदै छ। बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शनपछि नेपालले फिफा र्‍याङकिङमा ८ स्थान सुधार गरेको छ।

नेपाल १८८ औं स्थानमा छ भने भूटान १९३औं स्थानमा छ।

Source Setopati 

Leave a Reply

Your email address will not be published. Required fields are marked *