Best Online News From Nepal

सांसद कोषबाट सञ्चालित योजना अन्तिम चरणमा

सांसद विकास कोषको चार करोड ८० लाख रूपैयाँबाट सञ्चालन भइरहेका २७७ योजनाका काम निरन्तररुपमा अगाडि बढेको जिल्ला विकास समितिले जनाएको छ । फाइल फोटोझापा जिल्लामा स्वीकृत योजनामा १३६ वटा योजना सम्पन्न भएर दुई करोड ७६ लाख भुक्तानी भइसकेको योजना शाखाले जनाएको छ । सम्पन्न हुन बाँकी योजना आगामी असार १५ गतेभित्र पूरा गर्न जिविसबाट निर्देशन पनि भइसकेको छ ।

सांसद कोषबाट निर्माण गरिने योजनाअन्तर्गत दुई लाखसम्मका योजना नगरपालिका र गाविसको खातामा रकम पठाइसकेको बताइएको छ भने दुई लाखभन्दा माथिका योजना जिल्ला विकास समितिबाटै भुक्तानी हुने व्यवस्था मिलाइएको छ । जिल्लामा दुई लाख रूपैयाँभन्दा माथिका ४७ वटा योजना सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *