साताको दोस्रो दिन सुनको भाउ सस्तिएको छ । आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार भने तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५६ हजार ७ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन ५६ हजार ४ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ ५७ हजार रुपैँया थियो भने तेजावी सुनको भाउ ५६ हजार ७ सय ५० रुपैयाँ थियो ।
सुनसँगै चाँदी पनि ५ रुपैयाँ प्रतितोलाका दरले सस्तिएको छ । महासंघका अनुसार आइतबार ७ सय ९५ रुपैँया प्रतितोलाका दरले किनबेच भइरहेको चाँदी सोमबार प्रतितोला ८ सय रुपैँयाका दरले कारोबार भइरहको छ ।