तराईका विभिन्न जिल्लाका दुई हजार तीन सय २६ जना बाढी पीडित नागरिकलाई सशस्त्र प्रहरी बल नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको छ । साउन अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढी र डुवानबाट प्रभावित सप्तरी, महोत्तरी, बाँके, बर्दिया र मोरङ जिल्लाका बाढी पीडित सर्वसाधारणलाई नेपाल एपीएफ अस्पताल बलम्वु काठमाडौंबाट चिकित्सकसहित खटिएका स्वास्थ्यकर्मीहरुले स्थानीय स्तरमै पुगेर स्वास्थ्य सेवा पु¥याएका छन् । सशस्त्र प्रहरी बल नेपालका स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित ठाउँका गाँउवस्तीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी पीडित स्थानीय वासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क रुपमा औषधी वितरण गरेका थिए।पूर्व क्षेत्रमा खटिएका सो अस्पतालका डा. मीना कुवँर जोशीसहित १० जनाको स्वास्थ्यकर्मीहरुको टोलीले उक्त क्षेत्रका सप्तरी र मोरङ जिल्लाको विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर संचालन गरी एक हजार ६४ जना बाढी पीडितहरुमा स्वास्थ्य सेवा पु¥याएको छ । यसैगरी नेपाल एपीएफ अस्पतालकै डा. निशिता पाठकसहितको १० जना स्वास्थ्यकर्मीहरुको टोलीले मध्य पश्चिम क्षेत्रको बाँके र बर्दिया जिल्लाका बाढी र डुवान प्रभावित ठाउँका छ सय ९१ जनाकोे स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरेको छ । बाढी पीडितको स्वास्थ्य उपचारका लागि सोही अस्पतालबाट डा. रोशन कुमार झासहित मध्य क्षेत्रमा खटिएका सात जना स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित महोत्तरी जिल्लाको विभिन्न स्थानमा पुगेर पाँच सय ७१ जना पीडितलाई स्वास्थ्य सेवा प्रदान गरेका छन् । अविरल वर्षापछि डुुवानमा परेका ठाउँहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले खटाएका एपीएफ अस्पतालका चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोलीले बाढी प्रभावित जिल्लाहरुमा स्वास्थ्य शिविर संचालन गरि पीडितहरुलाई निःशुल्क उपचार सेवा प्रदान गरेको थियो । ती क्षेत्रहरुमा साउन ३२ गतेबाट परिचालित एपीएफ अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले भाद्र १ गतेदेखि ५ गतेसम्म बाढी तथा डुवान प्रभावित विभिन्न स्थानहरुमा खटिएर निःशुल्क रुपमा स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेको थियो ।