शैक्षिक प्रमाणपत्रलाई धितो राखेर व्यापार व्यवसाय गर्नका लागि ऋण पाइन्छ भन्ने बुझाई सर्वसाधारणमा छ। तर यो सही होइन। सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा उच्च शिक्षा अध्ययनका लागि मात्र ऋण दिने व्यवस्था मिलाउने घोषणा छ। सरकारको नीति तथा कार्यक्रममा भने शैक्षिक प्रमाणपत्र धितो राखी व्यवसाय गर्न पनि ऋण दिने उल्लेख थियो। बैंकरका अनुसार उच्च शिक्षा आर्जन गर्नेलाई दिइने ऋणको ब्याज भने बैंकहरुले लिने छन्। यो ब्याज वापतको रकम ऋणीको तर्फबाट सरकारले तिरिदिने छ।