Best Online News From Nepal

सरकारले मिर्गौला रोगीको उपचारार्थ डायलोसिस खर्च निःशुल्क गराउने

वैशाख ३०, २०७३- सरकारले सबै मिर्गौला रोगीको उपचारार्थ डायलोसिस खर्च निःशुल्क गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले आगामी दिनमा सबै मिर्गौला रोगीको नि:शुल्क डायलोसिस गराउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

मृगौलापीडित साहित्यकार दाहाल यज्ञनिधिलगायतले दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर डायलोसिस नि:शुल्क गराउन तथा मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको माग गरेको थियो ।

यसैबीच सरकारले राष्ट्रिय सूचना तथा प्रविधि परिषद् गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले बेरुजु फछ्र्योट मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा तनहुँका कृष्णनाथ खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको हालै सम्पन्न मित्रराष्ट्र भारत र चीनको औपचारिक भ्रमणका सन्दर्भमा भएका सम्झौता, समझदारी तथा सहमतिका विषयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि परराष्ट्र सचिवको संयोजकत्वमा दुई अलग समिति गठन गरिएको छ ।

source: ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *