Best Online News From Nepal

सरकारले पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) सुरेन्द्र बहादुर शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ

shah_sarkar-598317738aeb67.65698439

सरकारले पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) सुरेन्द्र बहादुर शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहिबार विहान बसेको बैंठकले गृहमन्त्री जनार्दन शर्माको सिफारिसमा शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको हो।

शाह गृहमन्त्री शर्माको गृह जिल्ला रुकुमका सहपाठी समेत हुन् । सुरक्षा सल्लाहकारमा नियुक्त शाह प्रहरी भित्रका ‘क्लिन’ अधिकृतको
रुपमा चिनिन्छन् । प्रहरी प्रतिष्ठान, अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी कार्यालय रानीपोखरी लगायतको ईन्चार्ज भएर काम गरीसकेका शाह मुलुकको आन्तरिक एवं बाह्य सुरक्षा संवेदनशिलतामा दख्खल राख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *