Best Online News From Nepal

सरकारले गर्यो अहिले सम्म कै लोकप्रिय निर्णय,पोर्न साइटमाथि प्रतिबन्ध

श्रीकृष्ण धिमाल /काठमाडौ—

दुई तिहाई बहुमतको शक्तिसालि सरकारको एक पछि अर्को गर्दै आलोचना र घेरा बन्दि भै रहेको समयमा सञ्चार तथा सूचना प्रविधि  मन्त्रि गोकुल बास्कोटाले लोकप्रिय र दुरगामि निर्णय गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन कडा निर्देशन दिनु भयको छ

सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ ।

इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले  जानकारी दियको छ।

मन्त्रालयले अश्लिल सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटका माध्यमबाट आदानप्रदान, प्रकाशन र प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ता सबैमा अनुरोधसमेत गरेको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य तथा अश्लीलसामग्रीको प्रकाशन र प्रसारणमा बन्देज लगाएको छ।

 

दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको बताउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए ।

यसबारे जानकारी दिन प्रकाशित विज्ञप्तिमा इन्टरनेतमार्फत यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र समाजिक सद्भावमा खलल पुगेको दावी गरिएको छ । यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर सरकारको छ ।