Best Online News From Nepal

सरकारको कडा निर्देशन, यौनजन्य तथा अश्लिल वेबसाइट बन्द नगरे अनुमति नै रद्ध गरिने

सञ्चार तथा सूचना प्रविधि  मन्त्रि गोकुल बास्कोटाले लोकप्रिय र दुरगामि निर्णय गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन कडा निर्देशन  दिय पश्चात आज

नेपाल दूरसंचार प्राधिकरणले यौनजन्य तथा अश्लिल सामाग्रीहरुको आदान प्रदान तथा प्रकाशन प्रशारणमा रोक लगाउने गरि नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिकरणले मन्त्रालयको निर्देशनअनुसार त्यस्तो सामाग्रीहरुको पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेबसाइटहरु बन्द गर्न सबै दूरसंचार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता तथा निर्देशकले  सेवा प्रदायकहरु सबैलाई प्राधिकरणले पत्र पठाएर नै निर्देशन दिएको र त्यस्ता सामाग्री तथा वेबसाइटहरु पूर्णरुपमा बन्द गरिने बताए ।

‘हामीले यस्तो निर्देशन दूरसंचार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई नियमित दिईरहेका हुन्छौं र यसअघि पनि यस्ता वेबसाइटहरु बन्द गरिरहेका थियौं ।

उनकाअनुसार त्यस्तो साइटहरु बन्द नगर्ने वा सामाग्रीहरुको पहुँचमा रोक नलगाउने र निर्देशनको पालना नगर्ने सेवा प्रदायकको दूरसंचार ऐन २०५३ अनुसार जरिवानासाथै अनुमति पत्र रद्धसम्म गरिनेछ ।

सेवा प्रदायकले लाइसेन्स लिँदा नै प्राधिकरणको निर्देशन पालना गर्नुपर्ने शर्त उल्लेख हुन्छ ।

प्राधिरकणले सो बारेमा सार्वजनिक सूचना नै प्रकाशित गरिसकेको छ भने सेवा प्रदायक कम्पनीहरुलाई पत्र मार्फत पनि निर्देशन दिएको छ ।
पत्रमा प्राधिकरणले यसअघि नै २०६९ सालमा प्रतिबन्ध गरिएका वेबसाइटहरुको लिस्ट पठाउँदै त्यसमा थप वेबसाइटहरुको जानकारीसहित निर्देशन दिएको हो । त्यसैगरि नेपाल प्रहरीले उपलब्ध गराएको वेबसाइटहरुको नामावली पनि सेवा प्रदायकहरुलाई पठाएर बन्द गर्न निर्देशन दिएको छ ।

सोहि विषयमा प्राधिकरणले सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुसँग मंगलबार नै छलफल गरेको छ । कसरी त्यस प्रकारका वेबसाइट र सामाग्रीहरुको पहुँचमा रोक लगाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताईएको छ ।