Best Online News From Nepal

सरकारको अर्को दुरगामि निर्णय, नेपाल टेलिभिजमा सँस्कृत भाषाको सुरुवात

श्रीकृष्ण धिमाल/काठमाडौ—

दुई तिहाई बहुमतको शक्तिसालि सरकार चौतर्फि घेरा बन्दिमा  रहेको समयमा नेपाल टेलिभिजनले सञ्चार तथा सूचना प्रविधि  मन्त्रि गोकुल बास्कोटाको निर्देशनमा लोकप्रिय र दुरगामि निर्णय गर्दै विश्वको एकमात्र वैज्ञानिक भाषा ,जरो किलो नेपालमै भयको  भाषाहरुको जननी  विश्वकै सवैभन्दा पुरानो भाषा संस्कृत भाषामा नेपाल टेलिभिजनमार्फत पहिलो पटक  आजदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण शुरु गरेको छ ।

हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।

टेलिभिजनले थारु, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अवधी भाषामा नियमित कार्यक्रम तथा नेपाली, अङ्ग्रेजी र साङ्केतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ । डा विष्टले उक्त संस्कृत समाचारको प्रतिक्रिया हेरेर संस्कृतका महत्वपूर्ण ग्रन्थहरुमाथि संवादका कार्यक्रम पनि सञ्चालन गर्ने बताउनुभयो ।

नेपाली भाषाको जननी संस्कृति भाषा प्राचीनकालीन नेपालमा प्रयोगमा रहे पनि हाल स्वदेशमा कम प्रयोग र विदेशमा क्रमशः संस्कृतको अध्ययन हुन थालेको सन्दर्भमा संविधान दिवसको सेरोफेरोमा संस्कृत भाषामा समाचार शुरु गरिएको बताउनुभयो । विसं २०५२ मा पहिलोपटक रेडियो नेपालले संस्कृत भाषामा समाचार प्रसारण शुरु गरेको थियो ।