भूमिका:

सकेसम्म पढ्नकोलागि कुनै झन्जट नहोस भन्ने उदेश्यले म मेरो यो खाकामा यहाँको दर्शन, ईतिहास, राजनैतिक, अार्थिक, सामाजिक, सास्कृतिक र भौगोलिक अवस्थाको कुनै चित्रण र ब्याख्याको वौद्धिकता पेश नगरी म सिधै बुदागत रूपमा योजना पेश गर्दछु ।
* सर्वप्रथम त काभ्रे जिल्लालाई ३ नं प्रदेशको राजधानी बनाउन यथेष्ट अाधारहरू सहित यहाँका सबै राजनैतिक दल, संघ-सस्था र सरोकार राख्ने निकायहरू सहितको सहयोग लिएर पहल गर्ने र बनाई छाड्ने । जसकोलागि म मेरो ब्यक्तिगत जिवनको सम्पूर्ण ताकत दिनेछु । यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।
* अाधारभूत र निरन्तरताको विकासमा थप र ब्यवस्थित गति
-> विद्यमान् काभ्रेको कर्णालीको रुपमा चिनिने काभ्रेको डाँडापारी( खानीखोला र महाभारत गा पा), कोशिपारी( सल्ले भुम्लु र चौँरी देउराली गा पा), तेमाल,रोशी र वेथानचोक जस्ता ग्रामिण भेगको विकाशको लागि आधारभुत सर्तहरु; बाटो,बिजुलि,खानेपानी,स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रको विकाशलाई उच्च प्राथमिकतामा राखि स्थानियको रिसोर्सको अलवा स्थानिय सरोकार पक्ष र विज्ञहरु सहित रहेर थप विकाशको लागि योजना तर्जुमा गर्ने र प्रान्तिय तथा केन्द्रिय सरकारलाई पेश गर्ने र कार्यान्वयन गर्ने।
-> यहाँको सहरी विकास र ब्यवस्थापन, यातायातको ब्यवस्थापन, फोहोरको बैज्ञानिक ब्यवस्थापन, स्थानिय कर, विविध उधोग, खानी तथा व्यवसायलाई ब्यवस्थित बनाउन छुट्टा छुट्टै रूपमा सम्बन्धित निकाय, विज्ञ, स्थानिय जनप्रतिनिधि सहितको छलफल र अन्तरकृयाबाट बैज्ञानिक योजना बनाई सामूहिक प्रतिवद्धता र संकल्पबाट कार्यन्वयण गर्ने ।
-> जिल्लाको सम्पतिको रूपमा रहेको काठमाण्डौ विश्वविद्धालय, धुलिखेल अस्पताल, वनेपा पोलिटेक्निक विद्धालय, शिरमेमोरियल अस्पताल, अाइटीपार्कलाई सम्बन्धित निकायको कोअर्डिनेशनमा सुरक्षा, संरक्षणजस्ता कुराहरूको अविभावकत्व बन्दै तिनिहरूको सेवालाई अझै समयानुकुल विकास र ब्यवस्थित गर्ने ।
-> नाला देखि पनौती सम्म टुकुचा करिडोर निर्माण गर्ने ।
काभ्रे उपत्यकाको खानीपानीको योजना हाल जो निर्माणाधिन छ, त्यो केवल १० बर्षको क्षमता धान्ने मात्रै योजना हो तसर्थ त्सलाई दिर्घकालीन बनाउन महाभारत क्षेत्रको रिसोर्सको प्रयोग गर्ने ।
* पर्यटकिय क्षेत्रको प्रवर्द्द्न र विकाश
-> हालसम्मका पुरातात्त्विक महत्वका स्थान,धार्मिक स्थल तथा देवालय ,सार्वजनिक स्थान,उद्यान तथा प्राइभेट होटल तथा रेस्टुराका थप संरक्षण,विकास,जिर्णोदार,प्रवर्द्धन र प्रोत्साहनको लागि कुरा होइन,व्यवहारिक रुपमा कार्यान्वयनको क्यालेन्डर(समयतालिका)सहितको प्रतिवद्दता ।
-> नमो बुद्ध गुम्वालाई अावश्यकिय पहल र सहयोग जुटाएर नेपालको दोश्रो लुम्विनीको रूपमा स्थापित र विकास गर्ने ।
-> तिमालको रेन्जिन दोर्जे राजासंग जोडिएका ऐतिहाँसिक विशेष स्थान, पनौती र नालाको मुख्य बजारलाई पूरातात्विक गाउँ र शहरको रूपमा किकाश गर्न अावश्यकिय योजना बनाई कार्यान्वयन गर्ने ।
-> सिङ्गो नेपालको नै पहिचान दिनेगरि हाम्रो काभ्रे जिल्लाभित्र रहेको प्राकृतिक सम्पदा “महाभारत पर्वत शृङ्खला” को विविध सौन्दर्यको उजागर गर्ने । सिङ्गो महाभारत पर्वत शृङ्खलाकै अग्ला तथा रमणीय स्थान तारा खसेको लेक,भुरुङ्गे लेक, घोडेचुली लेक,थामको लेक,नारायणस्थान लेक जस्त ठाउहरुलाइ विविध केन्द्र बनाई नेपालकै प्रमुख पर्यटकिय स्थल मध्येकाे एक वनाउन,बाटो,बत्ती,पानी तथा ईन्टरनेटको पर्याप्त विकास सहित,निकुञ्ज,वनस्पति उद्दान,हाेटल,रेस्टुरा तथा विविध शैलिका पार्क निर्माण गर्ने,जसको लागि सरकारी,गैरसरकारी,निजि क्षेत्रको साथै सामुदायिक क्षेत्रलाई समेत लगानीको लागि आधार तयार पार्दै आकर्षिक गर्ने ।
* कृषिलाई आधुनिकीकरण र ब्यबस्थापन
-> अन्न, तरकारी ,फलफूल ,जडिबुटीका साथै पशुपंक्षिको क्षेत्रबाट मध्य पहाडी भेगको कृषि उत्पादनको महत्वपूर्ण जिल्ला बनाउने ,जस्का लागि यहांको कृषि प्रणाली को थप अनुसन्धान आधुनिकीकरण र बजारको खोजी, निर्माण र ब्यबस्थापन संगै लगानीलाई सुरक्षित र प्रोत्साहित गर्न सरकारी तथा गैरसरकारी निकायको सहयोग लिदै आत्मनिर्भर्ताको मत्रै होइन निर्यातको वातावरण तयार पार्ने।
* उधोग तथा ब्यापारको विकास
-> काभ्रेको पाचखाललाई सुखा बन्दरगाह निर्माणको लागि आवश्यकिय वातावरण बनाउन ,प्रदेश तथा केन्द्रिय सरकारलाई सहयोग र आधार तयार गर्न पहलकदमी लिन लगाउने ,
-> हाल सम्म भएका उद्योग तथा कलकारखानाको सुरक्षा र प्रोत्साहनको लागि जिल्लाले विशेष पहल लिने । साथै थप उद्द्योग तथा कलकारखानाको विकासको लागि आवश्यकिय वातावरण जिल्ला तहबाट निर्माण गर्दै प्रान्तिय सरकारलाई योजना र आधार पेश गर्ने ।
-> हाल असरल्ल रहेको बजार ब्यबस्थापनको लागि सरोकारवाला निकाय सहित संगै रहेर ठोस योजना बनाउने र कार्यान्वयन गर्ने ।
* खनिजको संभावना
-> काभ्रे जिल्लाको महाभारत क्षेत्र,दोलालघाट क्षेत्र र कोशीपारी क्षेत्र जस्ता ठाउँहरु खनिजको लागि संभावित ठाउँहरु हुन् ।यी ठाउँहरुमा सम्वन्धित विज्ञ सहित प्रान्तिय र केन्द्रिय सरकारलाई अनुसन्धानको लागि वातावरण तयार पार्न पहल गर्ने।
-> जलविधुत
सुनकोशी र भोटेकोशीमा थप जलविधुत निर्माण गर्न सरकारी र सामुदायिक दुबै रिसोर्सबाट भिन्दा भिन्दै प्रोजेक्ट तय गरि कार्यन्वयन गर्न जिल्ला र प्रान्तिय स्तरको उच्च प्राथामिकतामा राखि कार्यान्वयन गर्ने ।
सम्वृद्ध काभ्रेकोको लागि माथि उल्लेखीत यी मूलभूत कुराहरू केवल नारा र भाषणमा होइन ५ र १० बर्षे योजनाको क्यालेण्डर (समयतालीका) बनाएर कार्यान्वयन गर्नेछु । जस्ले सपना देखेको छ, त्यो सपनाको व्याख्या र कार्यान्वयन उसैले गर्न सक्छ – अवसरको लागि काभ्रेली जनताको साथ माग्दछु । धन्यवाद !
( लेखक- नया शक्ति पाटिका केन्द्रिय सद्य तथा काभ्रे जिल्ला का सयोजक हुन)