Best Online News From Nepal

सम्पदा पुननिर्माणको जिम्मा बिदेशीलाई दिएकोमा विरोध

भूकम्पले भत्किएका अंधिकांश ऐतिहासिक सम्पदाको पुननिर्माण विदेशीलाई दिन नहुने संस्कृतिकविद्हरुले बताएका छन् । उनीहरुले नेपालको ऐतिहासिक सम्पदा बिदेशीले बनाउदाँ मौलिकता गुम्न सक्ने भन्दै  सरकारको सो निर्णयको बिरोध गरेका छन् ।
ऐतिहासिक सम्पदाको पुननिर्माण नेपालीले नै गर्नुपर्ने संस्कृतिविद् प्रा. प्रेम कुमार खत्रिले बताए । भत्कीएका सम्पदाको पुननिर्मांण गर्ने आर्थिक समस्या भएपनि नेपालले बनाउदा अपनत्व हुने उनको भनाइ छ । भूकम्पका कारण पुर्ण आंक्षिक र सामान्य गरी आठ सय भन्दा धेरै सम्पदामा क्षती पुगेको थियो । जसमा १ सय ५० सम्पदा पुर्ण ध्वस्त भएका छन् भने १ सयको संख्यामा आंक्षिक क्षती भएका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *