Best Online News From Nepal

समृद्ध काभ्रेपलाञ्चोक निर्माणका लागी मलाई भोट – मधु आचार्य उमेदवार नेपाली काङ्ग्रेस

लोकतान्त्रिक गणतन्त्रलाई सुनिश्चित गर्न र समृद्ध काभ्रे निर्माणका लागी मलाई भोट
नेपाली कांग्रेसले आफ्नो विधानमा संवैधानिक राजतन्त्र भन्ने शव्द नहटाउँदै नरहरी आचार्य, गगन थापा लगायतका नेताहरुसंगै गणतन्त्रको पक्षमा वकालत गर्ने मध्यका शिर्षस्थ मानिन्छन् काभ्रेका मधु आचार्य ।
२०५७ सालमा जिल्ला सभापति भएका उनै आचार्य २०७२ सालदेखी पुनःजिल्ला सभापति भई काभ्रे कांग्रेसको मूल राजनीतिक वागडोर सम्हालीरहेका छन् । पहिलो पटक जिल्ला सभापति रहेका वेला २०६० सालमा देशभरका जिल्ला सभापतिहरुको भेला गराई लोकतान्त्रिक गणतन्त्र, संविधानसभा र माओवादीसंग वार्तागरी शान्ति स्थापनाको पहलकदमी जस्ता निर्णय गराउन सफल भएका थिए । यसरी सफलता हासिल गरी पर्टी भित्र लोकतान्त्रिक गणराज्यकालागी काँग्रेस अभियान नै चलाएका आचार्य काँगे्रसी राजनीतिमा बौद्धिक नेताका रुपमा परिचित छन् । पिताध्रुव प्रसाद र माता मिठुकुमारीको कोखवाट २०२१ साल बैशाख २९ गते काभ्रेको बल्थलीमा जन्मिएका आचार्यले २०३३ सालदेखी राजनीति वारे चासो राखेका हुनभने ३६ सालको विद्यार्थी आन्दोलनवाट पूर्णरुपमा राजनीतिमा लागेका हुन ।
प्रथम श्रेणीमा एसएलसी र प्रथम श्रेणी पास गरेर इन्जिनियर बनेका उनी उच्च श्रेणीको जागिर नखाई राजनीतिक यात्रा तय गरि गाँऊ फर्के । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत, सञ्चार र दिनदुःखीको सेवार्थ उनले गरेका कार्यको नत्तिजा हेर्ने हो भने यहाँ प्रस्तुतगर्न सम्भव छैन । जननेता विश्वेश्वर कोइराला र गणेशमान सिंहको अशल अनुयायी उनले नेपाली काँग्रेसको नीतितथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक भई देशैभरी वीपी र गणेशमानका विचार र काँग्रेसको मूल एजेण्डा लिएर जनता सामु गए । वीपिले राजनीतिक जिवनमा हिंडेका देशका सबै ग्रामिण तथा पहाडी वाटोमा वीपी विचारधाराको मूलनारा सहित पैदल यात्रा गरेपछि आचार्य राजनीतिक वृतमा एकाएक चर्चामा आएका बौद्धिक नेताका रुपमा मानिन्छन् । पारिवारिक वातावरणले राजनीतिमा होमिएका मधु आचार्य हाल ८० वर्ष काटिसक्नु भएका आफ्ना पिता ध्रुवप्रसादलाई प्रेरणाका श्रोत मान्छन् ।
२०५१ र ५६ मा गोरखा जिल्लावाट निर्वाचित उनकी श्रीमती कमला पन्त नेपाली काँग्रेसमा केन्द्रीय सदस्य छिन् । आफ्नी श्रीमतीको समेत साथ सहयोग र सद्भावले सदैव राजनीतिमा सक्रिय रहीरहन प्रेरित भए । राज्यमन्त्रि समेत भइसकेकी श्रीमती पन्त २०६४ र २०७० मा दुवै पटक विधायक थिइन । आफ्ना २ सन्तान मध्य दोश्रो जनआन्दोलनका वेला सरकारले दमन स्वरुप हानेको अश्रूग्यासको प्रभावले ५ वर्षका आफ्नो छोराको ज्यान गुमाइ पारिवारिक वियोग खेपेका आचार्य लामो समयसम्म राजनीतिक विचलनमा परे । यद्यपी शोकलाई शक्तिमा परिणत गर्दै श्रीमान श्रीमती दुवैले पुनः राजनीतिक यात्रा थाले र निरन्तर जनताका पक्षका काम गरिरहेका छन् । भूकम्प पिडितहरुका पक्षका वकालत गर्दै श्रमजीवी किसान, अन्याय र उत्पीडनमा परेकाहरुको सेवार्थ अहोरात्र खटिएका उनै नेपाली कांग्रेस काभ्र्रेका सभापती एवं काभ्रे प्रतिनीधि सभा २ का लागी काँगे्रसका उमेद्वार मधु प्रसाद आचार्यसंग पलाञ्चोक मिडिया प्रालीका कार्यकारी निर्देशक बद्रीराज तिमल्सिना ले सञ्जीवनीपत्र साप्ताहिकका लागी गरेको वर्तालाप यहाँ प्रस्तुत गरिएको छः

० तपाईको चुनावी गतिविधि कस्तो चलिरहेको छ ?

म जनताको घरदैलोमा गइरहेको छु । नेपाली कांग्रेसको गौरवशाली इतिहासको थोरै चर्चा र वैभवशाली भविष्य निर्माणका धेरै योजनाहरु प्रस्तुत गरेको छु । जनताका कुरा सुनेको छु । आफ्ना कुरा राखेको छु । सन्तोषको कुरा के भने जनताको मुड र प्रतिक्रिया असाध्यै सकारात्मक पाएको छु र म उत्साहित छु । सबैले फोश्रो आश्वासन मात्र दिएर गए आज सम्म । अब तपाई आउनुभएको छ, हामीले विश्वासका साथ मत दिन्छौं तपाईवाट विकास र समृद्धि चाहेका छौं भनेर हौसला दिइरहनुभएको छ । विगत देखी नै राज्यका ऐतिहासिक एवं महत्वपूर्ण आन्दोलन र निर्णयमा नेपाली कांग्रेसले अगुवाई गरेको छ र जिल्लाको विकासमा पनि तपाईले नेतृत्व गर्नुहोस भन्ने अपेक्षा रहेको पाएको छु ।

० काँग्रेसले खाली इतिहास मात्र भजाउन खोज्छ भनिन्छ नी ?

नेपाली राजनीतिमा कालज यी इतिहास हुनेले विगतको कुरा नगरेर के गर्ने त ? नहुनेले पीडावश भन्ने कुरा मात्र हो । यो फगत आरोपका लागी आरोप मात्र हो ।
० सधैं राण शासन र राजा फाल्यौं, पंचायत फाल्यौं मात्र भनेर त नहोलानी त ?
कहाँ हामीले यती मात्र भन्या छौं र ? हामीले माओवादीसंग संवाद र सहमती गरेर देशमा शान्ति फर्कायौं भनेका छौं । राजा ज्ञानेन्द्रका लोकतन्त्र विरोधी गतिविधिवाट आजित भएपछि गणतन्त्रमा जाने संस्थागत निर्णय गर्याै र लोकतान्त्रिक गणतन्त्रलाई सुनिश्चित गर्यौ पनि भनेका छौं । अधिकांश दलको सहमति जुटाएर संविधान जारी गर्याै भनेका छौं । गरेका कुरा भन्न पाइन्न र ? अब काँग्रेसले गर्ने के हो भनेर त्यो पनि भनेका छौं । पढनुस् न हाम्रो घोषणा पत्र र पार्टी समग्र नीति तथा कार्यक्रमहरु ।

० अब कांग्रेसले जितेमा गर्ने चाही के हो ?

इतिहासमा हामीले एउटा गम्भिर गल्ति पनि गरेका छौं । संसदमा आफ्नो वहुमत हुँदाहुँदै आफ्नै आन्तरिक कारणले संसद विघटन गरेर मध्यावधी निर्वाचन गराएका छौं । अब यो गल्ति दोहोर्याउने छैनौ । जनतालाई स्थीर सरकार दिनेछौं र लोकतान्त्रिक विधिवाट आर्थिक क्रान्तिको युगमा देशलाई प्रवेश गराउने छौं । शान्ति, सहभागितामूलक लोकतन्त्र र संविधान पछिको हाम्रो लक्ष्य समृद्धि हो । हामी समतामूलक समाजको निर्माणमा अब सकृय हुनेछौं ।

० काँग्रेसले जित्ने आधार चाहीं के छ त ?

जनताको विश्वास । जसले गरेको थियो , अवसर पायो भने त्यसैले गर्छ भन्ने दरो मनोविज्ञान एउटा आधार हो । गफले देश बन्ने होइन । जनता अहिले बोली चलाउने ओठ भन्दा काम गरेर देखाउने हात, खुट्टा र दिमाग खोजिरहेका छन् । त्यो नेपाली कांग्रेससंग छ । अनी अहिलेको वाम गठबन्धन भनिएको कम्यूनिष्टहरुसंग तल्लो तहका कार्यकर्ताहरु पनि चित्त दुखाएर बसेका छन् । उनीहरुको साथ सहयोग पनि हामीलाई नै छ भने आम लोकतन्त्रवादीहरु रुख चिन्हमा छाप लगाउन आतुर भएका छन् ।
० एमाले र माओवादीको गठबन्धनमा कांग्रेससंग भन्दा धेरै मत भएको तथ्य विर्सेको हो र ?
मत त काँग्रेससंग पनि छैन, एमाले र माओवादीसंग पनि छैन । मत त केवल जनतासंग छ । जनता स्वतन्त्र नागरिक हुन् । जमिनमा दुख गरेको कार्यकर्ता पनि सबै भन्दा पहिला उ देशको नागरिक हो । उ कुनै पार्टीको सदस्य होला तर दास चाहीं होइन । गठबन्धनको जुन निर्णयमा उसको स्वामित्व खोजिएका छैन, त्यसका प्रति उसले ल्याप्चे लगाउनै पर्छ भन्ने वाध्यता हुदैन । अँध्यारो कोठमा केही मान्छे बसेर गरिने हठात् निर्णयले कार्यकर्ता र मुलुककै वर्वादी गर्छ । यसर्थ त्यो बर्बादीको साक्षी बस्न कोही तयार छैनन् । यस अघिका निर्वाचनमा पाएको म तर जनता एमाले र माओवादीको पेवा हैनन् । त्यसैले ति भोटको जोड घटाउ गरेर जित्ने अंकडा निकाल्नु भनेको नेपाली राजनीति नबुझ्नु नै हो । यसमा हामीले भन्नु केही छैन, परिणाम आउन १ महिना पनि कुर्नु पर्दैन ।

० त्यसो भए विश्वास छ, जनताले तपाईलाई नै जिताउछन त ?

मलाई पनि जिताउने होइन । मेरो परिक्षा लिने हो, जनताले । मौका नै नदिइकन कसैलाई पनि ठीक र वेठीक कसरी भन्ने ? मलाई यसपटक मतदाताले काम गर्ने मौका दिनेछन् र मेरो परिक्षा लिनेछन भन्ने कुरामा म ढुक्क छु ।

० अन्त्यमा ?

समस्त जिल्लावासीहरुमा सादर नमस्कार, लोकतन्त्रप्रेमी आम मतदातामा जय नेपाल । हामी काभ्रेका दुवै प्रतिनिधी सभा र चारै प्रदेश सभामा उच्च मनोवलका साथ निर्वाचनमा भाग लिइरहेका छौं । लोकतन्त्रको जगमा टेकेर बनेको नेपालको संविधानलाई पूर्णत कार्यान्वयनका लागी प्रतिनिधी सभा १ र २ मा क्रमश तिर्थ लामा र मलाई अत्याधिक मत दिनुहुन हार्दिक अपिल गर्दछु । साथै १ को प्रदेश क र ख मा क्रमश सिबी लामा र गणेश लामा तथा २ को क र ख मा क्रमश सुन्दरमणी आचार्य र कन्चनचन्द्र बादेलाई अत्याधिक मत दिई विजयी गराउनुहुन र समग्र काभ्रको विकासमा अहोरात्र खटिन मार्गनिर्देश गर्नुहुन विनम्र अनुरोध गर्न चाहन्छु । जय नेपाल । नमस्कार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *