Best Online News From Nepal

सनातन धर्ममा कति देवता छन? (शास्त्रीय प्रमाण सहित

-वल्लभ चैतन्य दास—-

सनातन धर्मावलम्बिहरू अनेक देवी-देवताहरूका उपासक हुन। यहाँ असंख्य देवी-देवताहरू छन। “तिमीहरूको जनसंख्या ३ करोड अनि तिमीहरूका देवीदेवताहरू चाहि ३३ करोड?” भनि व्यंग्य पनि गरिंछ।

वास्तबिक सनातन धर्म पूर्ण वैज्ञानिक छ, यसमा त्रुटि हुनै सक्दैन। बुद्धिमानले आधुनिक विज्ञानलाई वेदको कठघरामा खरो उत्रिन्छ कि उत्रदैन भनि तुलनात्मक अध्ययन गर्दछ न की वेदलाई विज्ञानसंग । यस्तो सनातन धर्मले आखिर बहु-आयामिक देवी-देवताहरूको व्याख्या किन गर्यो त? देवी-देवता भनेको के हो? भगवान भनेको के हो???

कसैको व्यक्तिगत विचारसंग हामीलाई मतलब भएन, शास्त्रले के भंछ त?

बृहदारण्यक उपनिषद तृतीय अध्याय नवौ ब्रम्हणका यी मन्त्रहरूको अध्ययन गरौं
“अथ हैनं विदग्धः शाकल्यः पप्रच्छ
कति देवा
याज्ञवल्क्येति ।
स हैतयैव निविदा प्रतिपेदे
यावन्तो वैश्वदेवस्य निविद्युच्यन्ते त्रयश्च त्री च
शता त्रयश्च त्री च सहस्रेत्य्
ओमिति होवाच
कत्येव देवा
याज्ञवल्क्येति ।
त्रयस्त्रिशदित्य्
ओमिति होवाच ।
कत्येव देवा
याज्ञवल्क्येति ।
षडित्य्
ओमिति होवाच ।
कत्येव देवा
याज्ञवल्क्येति ।
त्रय इत्य्
ओमिति होवाच ।
कत्येव देवा
याज्ञवल्क्येत्य्
द्वावित्य्
ओमिति होवाच ।
कत्येव देवा
याज्ञवल्क्येत्य्
अध्यर्ध इत्य्
ओमिति होवाच ।
कत्येव देवा
याज्ञवल्क्येत्य्
एक इत्य्
ओमिति होवाच ।
कतमे ते त्रयश्च त्री च शता त्रयश्च त्री च सहस्रेति ॥”
– वृहदारण्यक उपनिषद ३-९-१
अर्थात
“त्यसपछि शाकल्यका छोरा विदग्धले प्रश्न गरे
‘हे यज्ञवल्क्य! देवताहरू कति छन?’
यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘विश्ववेदाको ऋचाहरूको निविदामा जति उल्लेख भएका छन त्यति नै असंख्य छन, ३००३ छन, ३०३ छन।’
(विश्ववेदा भनेको सनातन धर्म शास्त्र वेदको ती ऋचाहरू हुन जसको निविदा खण्डमा असंख्य देउताहरूको स्तुति गरिएको छ)
‘राम्रो!!!’, त्यसपछि उनले फेरी सोधे ”यज्ञवल्क्य कति देवता छन भन?
यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘ त्रयस्त्रिशदित्य् अर्थात ३३’
‘राम्रो!!!’, त्यसपछि उनले फेरी सोधे ”यज्ञवल्क्य कति देवता छन भन?
यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘ षडित्य् अर्थात ६’
‘राम्रो!!!’, त्यसपछि उनले फेरी सोधे ”यज्ञवल्क्य कति देवता छन भन?
यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘ त्रय इत्य् अर्थात ३’
‘राम्रो!!!’, त्यसपछि उनले फेरी सोधे ”यज्ञवल्क्य कति देवता छन भन?
यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘ द्वावित्य् अर्थात २’
‘राम्रो!!!’, त्यसपछि उनले फेरी सोधे ”यज्ञवल्क्य कति देवता छन भन?
यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘ अध्यर्ध इत्य् अर्थात १ र आधा’
‘राम्रो!!!’, त्यसपछि उनले फेरी सोधे ”यज्ञवल्क्य कति देवता छन भन?
यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘ अध्यर्ध इत्य् अर्थात १ र आधा’
‘राम्रो!!!’, त्यसपछि उनले फेरी सोधे ”यज्ञवल्क्य कति देवता छन भन?
यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘ एक इत्य् अर्थात १'”

यो मन्त्रले स्पष्ट रूपमा देवी-देवताहरूको व्याख्या गरेको छ। शास्त्र भंछ देवी देवताहरू असंख्य छन। तिनलाई जसरी तह विभाजन गरे पनि हुंछ। न असंख्य भन्नेवालाहरू गलत हुन, न ३३ करोड भन्नेवालाहरू गलत हुन, न ३००३ भन्नेवालाहरू, न ३०३ भन्नेवालाहरू न ३३ भन्नेवालाहरू न ६ भन्नेवालाहरू न ३ भन्नेवालाहरू न १.५ भन्नेवालाहरू वा न १ भन्नेवालाहरु नै गलत हुन। सबै ठीक छन। तह विभाजनको मात्र भेद छ, उदाहरणको लागि:
प्रश्न नेपालमा कति शैनिक छन?
उत्तर १ लाख (सबै गन्ने हो भने)
उत्तर: ५ (सिपाही, जमदार, सेनानी, कर्नेल, जर्नेल)
उत्तर २ (अधिकृत, अनअधिकृत)
उत्तर १ सबै एक सेना एक अंग रक्षा विभाग

अब यज्ञवल्क्य ऋषिले भन्न खोज्नु भएको असंख्य, ३००३, ३०३, ३, २, १.५, १ भनेको के हो? बृहदारण्यक उपनिषद तृतीय अध्याय नवौ ब्रम्हणको यो मन्त्रको अध्ययन गरौं।

“स होवाच
महिमान एवैषामेते
त्रयस्त्रिशत्त्वेव देवा इति
कतमे ते त्रयस्त्रिशदित्य्
अष्टौ वसव
एकादश रुद्रा
द्वादशाऽऽदित्यास्
ते एकत्रिशद्
इन्द्रश्चैव प्रजापतिश्च त्रयस्त्रिशाविति”
वृहदारण्यक उपनिषद ३-९-२
अर्थात
“यज्ञवल्क्य ऋषि भन्नुहुंछ ‘वास्तबमा मैले भनेका असंख्य वा ३००३ देवताहरू, ३३ प्रकारका देउताहरूका स्वरूपहरू हुन। ३३ देवता प्रकार नै प्रमुख हुन भने अन्य सबै यहि ३३ प्रकारका शक्ति, बिभुति, महिमा वा प्रकटीकरण हो।’
साकल्य प्रश्न गर्छन ‘ती ३३ को को हुन?’
यज्ञवल्क्य ऋषि भन्नुहुंन्छ ‘ती ३३ भनेको ८ वसु, ११ रूद्र, १२ आदित्य, यसरी ३१ भए। इन्द्र र प्रजापति गरी ३३ भए।’

यसरी सम्पूर्ण देवी-देवताहरू यी ३३ तहमा विभाजन गरिए। प्रत्येक तहमा असंख्य देवी-देवताहरू छन।

तर माथि उल्लेख गरिएको वृहदारण्यक उपनिषद ३-९-१ को मन्त्रमा यज्ञवल्क्य ऋषिले कति देवता भन्ने प्रश्नमा अन्तिममा आएर १(एक) भन्नुभयो। यसरी त्यही एक परम तत्वलाई एक देवको रूपमा ऋषि यज्ञवल्क्यले परिभाषित गरे अर्थात कति देव छन भन्ने प्रश्नको अन्तिम उत्तर १ मै ल्याई टुङ्ग्याए। त्यो एक देव को हो त????
“एते च अंशकला पुश:
कृष्णस्तु भगवान स्वयम्”
-भागवत १-३-२८
अर्थात
“सबै त्यही एक परम तत्व श्रीकृष्णको अंशकला हो, कृष्ण नै भगवान हो।”

प्रत्येक देवी-देवताहरू त्यो एक परम तत्वको अंग हो जसको साकार, सविशेष, सगुण स्वरूपलाई हामी भगवान भंछौ। उनी हुन श्रीकृष्ण।त्यो अन्तिम १ तत्व श्रीकृष्ण नै हुन।भगवान भनेको नै त्यो एक मात्र परम तत्व हो।

भागवत भंछ:
“वदंति तत् तत्व विदस्तत्वम यद् ज्ञान अद्वयम
ब्रम्हइति परमात्माइति भगवानइति शब्दते”
-भागवत ४-३१-१४
अर्थात
“त्यस परम तत्वलाई विद्धवानजनहरू कोही भगवानको नामले कोही परमात्माको नामले त कोही ब्रम्हको नामले चिन्दछन तर त्यो तत्व बहु हैन(अद्वयम), एकै हो।

त्यही एक परम तत्व श्रीकृष्ण नै असंख्य कोटी देवी-देवताहरूमा विस्तार हुनुभएको हो। त्यो १ श्रीकृष्ण तत्व कसरी असंख्य देवी-देवताका स्वरूपहरूमा बिभाजित भए त? भागवतको यी कथनहरूको अध्ययन गरौं।

इन्द्रादयो बाहव आहुरुस्रा:
कणै दिश: श्रोतममुष्य शब्द:
नासत्दस्रौ परमस्य नासे
घ्राणोSस्य गंधो मुखमगरिद:”
भागवत २-१-२९
अर्थात
“भगवान श्रीकृष्णका दुई पाखुरा नै इन्द्रद्वारा नेतृत्व भएको देवी-देवताहरू हो। वहाको कान नै दश दिशा हुन भने भौतिक ध्वनि वहाको श्रवण शक्ति हो। वहाको नाकको पवाल नै दुई अश्विनी कुमार हो, भौतिक शक्ति वहाको घ्राण(सुङ्ने)शक्ति हो भने वहाको खाने मुख अग्निदेवको प्राकट्य स्थल अग्नि मुहान हो।”

“धौरक्षिणी चक्षुरभुतपतङ्ग:
पक्ष्माणी विष्णोरहनी उभे च।
तदभ्रूविजृम्भ: परमेष्ठिधिष्ण्य
मापोSस्य तालु रस एव जिव्हा।।”
भागवत २-१-३०
अर्थात
“भगवान श्रीकृष्णको आँखा रहने खोपिल्डो(eyepits) अन्तरिक्षको बाहरी आवरण हो भने आँखा नै समस्त जीवात्माहरूको दृश्य शक्ति सूर्य हो। भगवान श्रीकृष्णको आँखाको पटल(eyelids) नै दिन-रात हो भने यही ब्रम्हाजीजस्ता ठूला ठूला देवताहरू वास गर्छन। वहाँको तालु नै वायु, वरुण जस्ता देवताहरूको निर्देशक हो भने सम्पूर्ण रसको उद्गम केंद्र नै भगवान श्रीकृष्णको जिब्रो हो।

“छन्दांस्यनन्तस्य शिरो गृणन्ति
द्रंस्ट्रा यम: स्नेहकला द्विजानि
हासो जनोन्मादकरी च माया
दुरन्तसर्गों यद्पाङ्गमोक्ष:”
-भागवत २-१-३१
अर्थात
“वैदिक ऋचा भगवान श्रीकृष्णको स्नायु प्राणालीको पथ हो भने वहाँको बङ्गरा र दाँत नै पापीलाई दण्ड दिने मृत्युको देवता यमराज हुन। भगवान श्रीकृष्णको मुस्कान नै यो माया हो भने यो भौतिक संसार वहाँको महततत्वमाथिको दृश्यावलोकन मात्र हो।”

वाचां वहेर्मुखं क्षेत्रं छन्दसां सप्त धावत:
हव्यकव्यामृतान्नानां जिव्हा सर्वरसस्य च।।”
भागवत २-६-१
अर्थात
“भगवान श्रीकृष्णको मुख नै सम्पूर्ण ध्वनिको उद्गम श्रोत हो भने त्यसको नियंत्रक नै अग्नि हो। भगवान श्रीकृष्णको छाला सहित अन्य ६ पत्र वैदिक ऋचाका सूर हुन भने वहाको जिब्रो नै सबै देवी देवताहरूलाई अर्पण गरिने हविष्यान्नको पनि रसको मूल केन्द्र हो।”

“सर्वसूनां च वायोश्च तन्नासे परमायणे
अश्विनोरोषधीनांच घ्राणो मोदप्रमोदयो:”
भागवत २-६-२
अर्थात
“भगवान श्रीकृष्णको नाकका दुई प्वाल नै सम्पूर्ण वायु तत्वको उद्गम विंदु हो, सबै जीवात्माहरूको स्वाश हो। वहाँको सुङ्ने घ्राण शक्ति नै अश्विनी कुमारको अनि सबै आयुर्वेदको श्रोत हो। वहाँको स्वाश नै सबै गन्ध-सुगन्ध हो।”

“कस्तस्य मेढ़ं वृषणौ च मित्रौ
कुक्षि: समुद्रा गिरयोSस्थिसङ्घा:”
-भागवत २-१-३२
अर्थात
“सृष्टिकर्ता ब्रम्हाजी भगवान श्रीकृष्णको जनेंद्रिय अंग हुन भने मित्र-वरुण जस्ता देवता भगवानका दुई अण्डकोष हुन। भगवान श्रीकृष्णको कम्मर समुन्द्र हो भने पहाड र हिमाल वहाँको हड्डी हो।”

जब भगवान श्रीकृष्णले अर्जुनलाई दिब्य दृष्टि दिएर आफ्नो विराट दर्शन देखाए, त्यतिबेला अर्जुन भन्छन:
“पश्यामी देवांस्तवदेव देहे
सर्वास्तथा भूतविशेषसङ्घान्।
ब्रम्हाणमीशं कमलासनस्थम्
ऋषीश्च सर्वानुरगांश्च दिव्यान।।”
-अर्जुन भागवत गीता ११-१५
अर्थात
“हे कृष्ण मैले तिमीभित्र सम्पूर्ण देवताहरूको समूह देख्दैछु। सम्पूर्ण जीवात्माहरूको समूह देखि रहेको छु। ब्रह्माजीलाई कमलमा आशिन भएको र भगवान शिवलाई देखिरहेको छु, ऋषि र नागहरूको समूहलाई देखिरहेको छु।”
यसरी अर्जुनले त्यही एक देवभित्र सम्पूर्ण सम्पूर्ण देव देखे। श्लोकबाट प्रष्ट हुंछ की श्रीकृष्ण नै सबैका मूल हूँन। श्रीकृष्ण भित्र नै ब्रम्हाजी, शिवजी देखि सबै निहीत छन।

भगवान श्रीकृष्ण आफै आफनै मुखारबिन्दुबाट भन्नुहुंछ:
“म जलको स्वाद हू, सूर्य-चन्द्रको प्रकाश हू, बैदिक मन्त्रमा ॐ-कार हू, म आकाशमा ध्वनि हू र मानिसमा शक्ति र सामर्थ्य हू।”
– भगवान श्रीकृष्ण गीता ७-८

“सात जना महर्षिहरू, त्योभन्दा पूर्वका चारजना महर्षिहरू, मनुहरू(मनुष्य जातिका पूर्वज) सबै मबाट अर्थात मेरो मनबाट उत्पन्न भएका हुन र बिभिन्न लोकमा निवास गर्ने सम्पुर्ण जीबात्माहरू तिनीहरूबाट उत्पन्न भएका हुन्।”
– भगवान श्रीकृष्ण गीता १०-६

“सम्पूर्ण आध्यात्मिक तथा भौतिक जगतको उत्पत्तिको श्रोत म नै हु, हरेक वस्तु म बाट नै उत्पन्न हुन्छन्।” – भगवान श्रीकृष्ण गीता १०-८

“समस्त प्राणीहरुका उद्गम श्रोत मेरा दुई शक्ति (परा शक्ति र अपरा शक्ति) हुन्। यो जगतमा भएका सम्पूर्ण भौतिकता र आध्यात्मिकता एवं तिनको उत्पत्ति र प्रलय दुबै अवस्थाको कारण मै हू भन्ने जान”
– भगवान श्रीकृष्ण गीता ७-६

“म नै सम्पूर्ण अस्तित्वको मूल बीज हू। बुद्धिमानहरूको बुद्धि र सबै शक्तिमान पुरुषहरुको तेज पनि म नै हू।”
– भगवान श्रीकृष्ण गीता ७-१०

आदित्यहरूमा म विष्णु हू, ज्योतिहरूमा म तेजस्वी सूर्य हू, वायुहरुमा म मरीचि हू र नक्षत्रहरुमा म चन्द्रमा हू।”
– भगवान श्रीकृष्ण गीता १०-२१

“म वेदहरूमा सामवेद हू, देवताहरूमा म स्वर्गको राजा ईन्द्र हू, ईन्द्रियहरूमा म मन हू, र समस्त प्राणीहरूमा म जीवनशक्ति वा चेतना हू।”
– भगवान श्रीकृष्ण गीता १०-२२

“सन्पूर्ण रुद्रहरूमा म शिव हू, यक्ष र राक्षसहरूमा म धनको देवता कुवेर हू, वसुहरुमा म अग्नि हू र सम्पूर्ण पर्वतरूमा म सुमेरु हू।”
– भगवान श्रीकृष्ण गीता १०-२३

“सम्पूर्ण स्रिष्टिको आदि, मध्य र अन्त्य म हू।”
– भगवान श्रीकृष्ण गीता १०-३२

“मैले आफ्नो एउटा मात्र अंशले सम्पूर्ण ब्राह्मन्डलाई धारण गर्दछु।”
– भगवान श्रीकृष्ण गीता १०-४२

“ब्रह्म जुन सम्पूर्ण भौतिक वस्तुको श्रोत हो, त्यस ब्रह्मलाई म नै गर्भस्थ गर्दछु जसले गर्दा जीबात्माको जन्म हुन्छ।”
– भगवान श्रीकृष्ण गीता १४-३

“यस भौतिक जगतमा जति पनि जीबात्माहरू छन, ती सबैको बीजदाता पिता म नै हु।”
– भगवान श्रीकृष्ण गीता १४-४

“म त्यस निराकार ब्रह्मको आधार हु।”
– भगवान श्रीकृष्ण गीता १४-२७

“बद्ध जगतका सबै जीबहरू मेरै शाश्वत अंश हुन्।”
– भगवान श्रीकृष्ण गीता १५-७

“सम्पूर्ण विश्वको अन्धकार नाश गर्ने सूर्य म बाट नै प्रकाशित हुन्छ र त्यसै गरी अग्नि, चन्द्रमामा हुने तेज पनि मबाट नै उत्पन्न हुन्छन्।”
– भगवान श्रीकृष्ण गीता १५-१२

“म प्रत्येक लोकमा प्रवेश गर्दछु र मेरो शक्तिले सबै लोकहरू आ-आफ्नो कक्षमा स्थित छन्। म चन्द्रमा भएर समस्त वनस्पतिलाई जीवनरस प्रदान गर्दछु।”
– भगवान श्रीकृष्ण गीता १५-१३

“म समस्त जीवका शरीरमा रहने वैश्वानर वा पाचन अग्नि हू र मैले नै श्वास-प्रश्वास्युक्त प्राण वायुमा मिलेर चात प्रकारका खाधहरूलाई पचाउन्र कार्य गर्दछु।”
– भगवान श्रीकृष्ण गीता १५-१४

त्यसैले एक श्रीकृष्ण मूल हुन। श्रीकृष्ण नै सम्पूर्ण देवी-देवताहरू सहित यो सम्पूर्ण ब्रम्हाण्डहरूको मूल हुनुहुंछ।
भगवान श्रीकृष्ण आफै भन्नुहुंछ:
“म भन्दा ठुलो कुनै सत्य छैन। जसरी मोतिका दाना धागोमा उनिएका हुन्छन त्यसैगरी सबै कुरा ममाथि नै आश्रित छन। ”
– भगवान श्रीकृष्ण गीता ७-७

“म यस ब्रह्माण्डजो पिता, माता र आश्रयदाता र पितामह पनि हू, म नै जान्नयोग्य ज्ञेय वस्तु तथा शुद्धिकारक ॐ-कार हू। ऋगवेद, सामवेद अनि यजुर्वेद पनि मै हू।”
– भगवान श्रीकृष्ण गीता ९-१७

“म नै सबैको लक्ष्य हू, पालनकर्ता हू, स्वामी हू, साक्षी हु, धाम हू, शरण लिने ठाउ हू र परममित्र हू। म नै सृष्टि र प्रलयको आधार हू, आश्रस्थल हू र अबिनाशि बीज पनि हू।”
– भगवान श्रीकृष्ण गीता ९-१८

यदि कोही श्रीकृष्ण अंश देवी-देवताको पूजा गर्छन भने त्यो पनि वास्तबमा परम तत्व श्रीकृष्ण कै पूजा हो:
“श्रद्धाले पूर्ण भएर कसैले देवताको पुजा गर्दछ र ईच्छापूर्ति गर्दछ भने यी सबै लाभहरू मैले नै प्रदान गर्दछु।”
– भगवान श्रीकृष्ण गीता ७-२२
“जो मानिस अरु देवताका भक्त छन र श्रद्धापूर्वक तिनको पूजा गर्दछन, वास्तवमा तिनले पनि त्रुटिपूर्ण(अज्ञानजन्य) तरीकाले मेरै पूजा गरिरहेका हुन्छन्।”
– भगवान श्रीकृष्ण गीता ९-२३

“समस्त यज्ञहरूका एकमात्र भोक्ता र स्वामी म नै हू, अत: मेरो वास्तविक दिव्य स्वभावलाई जसले बुझ्दैन त्यसको अधोगति हुन्छ।”
– भगवान श्रीकृष्ण गीता ९-२४

योगीहरूले ध्यान गर्ने परमात्मा तत्व पनि श्रीकृष्ण नै हुन:
“म नै समस्त जीवात्माका ह्रिदयमा निवास गर्ने परमात्मा हु र म नै सम्पूर्ण जीवहरूको आदि, अन्त र मध्य पनि हू।”
– भगवान श्रीकृष्ण गीता १०-२०

सनातन धर्म शास्त्र वेदको अन्तिम निष्कर्ष श्री कृष्ण नै हुन:
“म प्रत्येक जीवको ह्रिदयमा अवस्थित छु। मबाट नै स्म्रिति, ज्ञान र विस्म्रितिहरू हुन्छन्। म नै वेदरूद्वारा जान्न योग्य छु। निश्चय नै म वेदान्तको सन्कलनकर्ता हू र म नै समस्त वेदको ज्ञाता पनि हु।”
– भगवान श्रीकृष्ण गीता १५-१५

“म सर्वश्रेष्ठ तथा दिव्य भएको हुनाले च्युत र अच्तुत (क्षर र अक्षर) दुवैभन्दा पर छु र यस सन्सारमा र वेदमा पनि परमपुरुषका रुपमा विख्यात छु।”
– भगवान श्रीकृष्ण गीता १५-१८

अंत्यमा:
“मूर्ख र अल्पज्ञानीहरूका लागि म सधै अदृश्य रहन्छु। तिनीहरूका लागि म आफ्नो योगमाया शक्तिद्वारा आच्छादित(छोपिएको) छु तसर्थ म अजन्मा र अबिनाशी हू भन्ने कुरा तिनीहरूलाई थाहा हुदैन।”
– भगवान श्रीकृष्ण गीता ७-२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *