Best Online News From Nepal

सनातन धर्मबारे जागरण ल्याउन देशभर २१ सय एकल विद्यालय स्थापना

रासस

13254364_1059387177468119_8685268152638623400_n

काठमाडौं: हिन्दू धर्मका साथै शिक्षा, संस्कार, सत्सङ्ग र स्वास्थ्यका विषयमा जनचेतना जगाउने मुलुकका ५५ जिल्लामा दुई हजार १०० एकल विद्यालय स्थापना भएको छ।

विश्व हिन्दू परिषद् नेपालको अग्रसरतामा खुलेका यी विद्यालयमा एउटै शिक्षकले चारवटै विषयमा कक्षा सञ्चालन गर्ने गरेका छन्। यो कार्यक्रम ग्रामीण जिल्लामा चलाइएको परिषद्का महामन्त्री उद्धवकुमार घिमिरेले जानकारी दिनुभयो। ग्रामीण भेगमा यस्ता विद्यालय खुलेपछि जुवातासलगायत विकृति रोकिएको परिषद्ले जनाएको छ।

यी विद्यालयमा आमाबाबु, शिक्षक र मान्यजनलाई आदर सम्मान गर्नुपर्छ, आफूभन्दा सानालाई माया गर्नुपर्छ भन्नेजस्ता शिष्टाचार पनि सिकाइन्छ। जनचेतना जगाउने उद्देश्यले अनौपचारिक रुपमा सञ्चालित यी विद्यालयमा कक्षा १ देखि ४ सम्मका चारदेखि १३ वर्षका विद्यार्थीलाई शिक्षा दिइन्छ। एउटा विद्यालयमा २० देखि ३० जनासम्म विद्यार्थी अध्ययनरत छन् । देशभर ८० हजार विद्यार्थी एकल विद्यालयमा अनौपचारिक रुपमा अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

काठमाडाैंमा आयोजित पत्रकार भेटघाटमा नेपाल भ्रमणमा रहनुभएका परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री चम्पक राय हिन्दू संस्कारलाई जागरण गर्ने उद्देश्यले सो संस्था स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले भारतीय जनता नेपालका पशुपतिनाथ, मुक्तिनाथजस्ता तीर्थस्थलको भ्रमण र दर्शन गर्न चाहने भएकाले धार्मिक पर्यटन प्रवद्र्धनको कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो ।

 

Yamaha

Leave a Reply

Your email address will not be published. Required fields are marked *