Best Online News From Nepal

सडकको धुलोले जिरो किमीका स्थानीय बिरामी

पोखरा, १५ मंसिर

बेलैमा सडक मर्मत नहुँदा पोखराको जिरो किमिका स्थानिय मारमा परेका छन् । बाग्लुङबसपार्कबाट जिरो सम्म चार लेनको बाटो सम्पन्न भईसक्दा पनि जिरो चोकबाट फिर्केसम्मको सडक मर्मत नभएकाले स्थानियले दिनरात धुलो खानुपरेको छ ।
धुलोका कारण विभिन्न रोगहरु लागिसकेको बताउदै स्थानियले शुक्रबार बाटो मर्मत नहुदा सम्म सवारी चल्न नदिने भन्दै करीब १ घण्टा सडक अबरोध गरेका थिए ।धुलोका कारण स्थानियलाई स्वास्थ्यमा समस्या बन्दै गएको स्थानिय राजाराम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो – “४ वर्ष भयो बाटो बन्न लागेको तर कहिल्यैपनि निर्माण पुरा भएको छैन । कहिले वर्खा लाग्यो कहिले चाडपर्व भनेर बाहाना बनाउदै बाटो बनाएकै छैन ठेकेदारले ।” उहाँले थप्नुभयो – “३ /४ जना त टिबी रोगि भईसके ।”
यस्तै अर्की स्थानिय मिना थापाले आफुहरु बिरामी भएर कामकाज गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । “लामो समय भयो यो बाटो बिग्रेको धुलोले स्वास फेर्न नै गाह्रो हुने अवस्था आईसक्यो,” उहाँले भन्नुभयो – “छातिमा समस्या भएको छ, धुलोको एलर्जी भएको छ ।
सडक चाढै मर्मतको माग गर्दै आफुहरुले गरेको प्रर्दशनलाई प्रहरीले दमन गरेको उनिहरुको भनाई छ ।”

करीब १ घण्टाको प्रदर्शन पछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीको पहलमा छिटो भन्दा छिटो सडक कालोपत्रे गर्न दवाव दिने र सडक कालोपत्र नहुदासम्म सडकमा दिनको ४ पटक पानी राखेर धुलो मार्ने व्यवस्था गर्ने सहमति भएको छ.

Source :SamacharPati

Leave a Reply

Your email address will not be published. Required fields are marked *