Best Online News From Nepal

सगरमाथामा आरोहीको ओइरो

दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकैगाउँ जम्मा हुँदा फेदी (आधार शिविर)बाट चुचुरो आवागमनमा आरोहीको भिड लागेको छ ।यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यतातिर लम्केका आरोही अहिले आधार शिविरबाट दिनहुँ उकालो लागिरहेका छन् । चुचुरो पुग्ने ‘लालसा’ र पुगेपछि फर्कने हतारोका कारण बाटो जाम हुन थालेको छ । यसको ताजा उदाहरणमा गएको ६ दिनको आरोहण गतिविधि हेर्दा प्रष्ट हुन्छ । गत बुधबार (वैशाख २९) देखि सोमबार (जेठ ३) भित्र विभिन्न देशका ८८ आरोहीले सगरमाथा शिखरमा विजयी झन्डा फहराएका छन् । यसमा विदेशीभन्दा नेपालीको संख्या धेरै छ । सबैले दक्षिणपूर्वी मोहोडा (नेपाली भेग)बाट आरोहण गरेका हुन् । –  नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *