सरकारले सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म बाटो बनाउने नौजना शेर्पाहरुलाई सम्मान गर्ने भएको छ। विषम परिस्थितिका विच सगमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने शेर्पालाई सम्मान गर्दै नेपाल माउन्टेनियरिङ एसोसिएसनको सहयोगमा प्रतिव्यक्ति नगद ५० हजार दिने भएको हो। आगमि मे २९ तरिकका दिन नवौं ससरमाथा दिवसको उपलक्ष्यमा पर्यटन बोर्डमा एक कार्यक्रम गरी शेर्पाहरुलाई सम्मान गर्ने लागिएको संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव प्रेम कुमार राइले बताए।