Debee Katwal—-
सकारात्मक दृष्टि सकारात्मक सोच
========================
केहि साल अघि को कुरा हो ।गान्तोक मा प्रेम नाम भएको एक नौजवान थियोे । उसले बिज्ञान मा मास्टर गरेको थियो।
एक पल्ट उसलाई थाहा लाग्यो कि सिक्किम राज्यमा 200 को लागि जगह खाली भएको छ । प्रेम नोकरी को खोजी मै थियो, त्यो थाहा हुनसाथ उसले तुरुन्तै अर्जि दियो ।
उ उत्सुक थियो तर जब नतिजा आयो त्याहा प्रेम को नाम थिएन।
त्यो कुरा जब उसको साथीहरूले थाहा पाए उनिहरू आस्चर्य भए अनि प्रेम अति दुखी भएको छ भन्ने सोचे , तेहिकारण उसलाई आश्वासन दिन सबै प्रेम को घर गए।
प्रेमले सथिहरूको कुरा सुनेर हास्तै-हास्तै भन्यो , “साथी हो , यो कुरामा दुखी किन हुनु ? मलाई त त्यो थाहा पाएर आनन्द भएको छ कि सिक्किम मा म भन्दा ज्यादा योग्यता भएका 200 युवा रहेछन।योग्य ब्याक्तिहरू को अभाव नहुनु भविष्य को निम्ति उत्तम संकेत हो म आज औधी खुसी छु ।
सबै साथिहरू आस्चर्य भए ।
हाम्रो दृष्टि र सोच सकारात्मक हुनुनै ठूलो सफलता हो ।