Best Online News From Nepal

संनातन धर्म संस्कृतिको यस्तो छ, वैज्ञानिकता

धीरज निष्पक्ष

सनातन धर्म संस्कृतिको यस्तो छ, वैज्ञानिकता |

१) जेनेटिक रोग आज पश्चिमा समाजमा विकराल रूपमा बढ्दैछ । डिस्कभरी च्यानलमा देखाइएको एक वृत्तचित्रअनुसार यो रोगबाट बच्ने एक मात्र उपाय “सेप्रेसन अफ जिन्स” अर्थात् सगोत्रीय विवाह नगर्नु नै हो । सगोत्रीय विवाहको कारण नै आज विश्वमा जेनेटिक रोगबाट धेरै मानिसहरु पीडित छन् । वैज्ञानिकहरु बताउछन्, कि हिन्दु महर्षिहरुलाई हजारौ वर्षअघि नै यस्तो ज्ञान थियो त्यसैले उनीहरुले विवाहका नियमहरु बनाए । पश्चिमा समाजमा आफ्नै परिवारमा पनि सम्बन्ध हुने भएकोले जिन्स सेपेरेट हुन पाउँदैन, जसको कारण जिन्स लिंकेज्ड रोग जस्तै- हिमोफिलिया, कलर ब्लाईंडनेस र एल्बोनिज्म हुने १००% सम्भावना रहन्छ ।

२) सनातन धर्मले विवाहको लागि २५ वर्षको समय उपयुक्त हुने बताएको छ । मानिसको परमायु सय वर्ष हुन्छ भन्ने मान्यताका आधारमा पहिलो पच्चीस वर्ष ब्रह्मचर्य, पचास वर्षसम्म गृहस्थ, पचहत्तर वर्षसम्म वानप्रस्थ र बाँकी समय सन्यास आश्रमको समय हो । यस्तो वैज्ञानिक व्यवस्थाले गर्दा तत्कालीन समाज उन्नत र बालविवाहजस्ता कुरीति मुक्त थियो ।

३) महर्षि कणादलाई परमाणु विज्ञानका पिता भनिन्छ । परमाणुको नित्यता, र परमाणुबाट नै सवै भौतिक पदार्थको निर्माण हुन्छ भन्ने कुरा महर्षि कणादले आफ्नो वैशेषिक दर्शनमा बताएका छन् । अंकको आविष्कार र शून्यको आविष्कार पनि ॠषीहरूले गरेका थिए । शून्यका आविष्कारक आर्यभट्ट हुन् ।

४) सनातन संस्कृतिमा गाईलाई पुज्य मानिन्छ । गाईको गोबरबाट अत्याधिक मिथेन ग्याँस पैदा हुन्छ जुन LPG ग्याँसजस्तै सिलिन्डरमा भर्न सकिन्छ, पेट्रोलले चल्ने सबै सवारी मिथेन ग्याँसबाट चल्छ, प्रदुषण पनि हुँदैन । नेचर नामक जर्नलमा प्रकाशित नतिजाअनुसार गाईको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणकाअनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्नसक्ने बताईएको छ । अहिले गाईको अद्भूत एन्टिबडिज क्षमताबारे व्यापक अनुसन्धान भईरहेको छ ।

५) तुलसी र पीपलले धेरै अक्सिजन दिन्छन । तुलसीबाट धेरै प्रकारका रोगमा औषधि बन्ने भएकोले सर्वौसधि पनि भनिन्छ । अग्निमा स्थानीय गाईको घ्यु र चरु हवन गर्नाले वायु मण्डल स्वच्छ हुने र रोगयुक्त ब्याक्टेरिया नास हुने प्रमाणित भएको छ । गाईको गहुँतबाट १४८ प्रकारको रोग निकोहुने रुसी वैज्ञानिकहरूको अध्ययनले बताएको छ ।

#त्यसैले_सनातन_धर्ममा_गर्व_गरौँ_सनातन_जीवन_पद्धति_अपनाउँ |