Best Online News From Nepal

षड़यंत्र भित्रको षड़यंत्र

प्रवीण अधिकारी———–

5b67ca1451e2f6c576bd900a281717ee-475x240
===============
सनातन हिंदू धर्मको षडदर्शन भित्र छ ओटा दर्शन मिसिएझै नेपाली समाज र राजनीतिमा प्रयोग हुने शब्द ” षड्यन्त्र ” भित्र छ ओटा यन्त्रहरु मिसिएको छ | हामी मध्येका वहुसंख्यकलाई यो कुरो थाहा छैन | वर्तमान नेपालमा यो शब्द हिन्दीको साजिशको अर्थमा प्रयोग गरिन्छ | अहिले यसको अर्थ संकुचन भएर राजनीतिसंगमात्र बढि सम्बन्धित हुन् पुगेको छ | तर , विगतमा यो शब्द तन्त्रविद्दा संग सम्वन्धित थियो | हेरौं , यस शब्द भित्र के के कुरो समावेश छ र कस्ता कस्ता यन्त्रहरुु सम्मिलित हुन पुगेका छन् – १ .जारण यंत्र २ . मारण यंत्र ३ . उच्चाटन यंत्र ४ . मोहन यंत्र ५ . स्तंभन यंत्र ६ . विध्वंसन यंत्र |

१. जारण यंत्रको अर्थ हो जलाउनु अर्थात भष्म गर्नु | यो शब्द संस्कृतको ‘ज्वल्’ बाट निस्केको हो | टुनामुना गर्ने ठाउँमा यो निकै प्रयोग हुन्छ | यहाँ टुनामुना भनेको हाम्रो समाजमा प्रचलित भएको झारफुक विधा हो | यहाँ प्रयोग हुन पुगेको ” फुक ” भित्र अनिष्टकारी शक्तिहरु भष्म गर्नसक्ने आशय लुकेको पाइन्छ |

२. मारण’ यंत्रको आशय आफ्ना शत्रुको अस्तित्व समाप्त गर्नु हो , शत्रुलाई मार्न जुन टुनामुनाको विधि अपनाइन्छ त्यसलाई ‘मारण यंत्र भन्ने गरिन्छ |

३. उच्चाटन’ यंत्रको अर्थ हो कुनै कुराको स्थायी भाव मेट्नु /हटाउनु /धूलिच्याँट बनाउनु / त्यसको वर्तमान अवस्था भंग गरिदिनु आदि | विरक्त भावना , उदाशिनता या नैराश्यता भित्र हामीले आम रुपमा जुन उचाटपन वा हाम्रो मन भौंतारिने कुरो गर्दछौं त्यसको मूलमा संस्कृत को ‘उच्चट’ शब्द रहेको हुन्छ जो ‘उद्’ र ‘चट्’ को मेलले बन्दछ | उद् र चट् को संधि उच्चट हो | ‘उद’ अर्थात माथि ‘चट्’ अर्थात चिप्लिनु , अलग्ग हुनु , पृथक हुनु आदि | ‘उच्चाटन’ पनि यसै उच्चट शब्दबाट बनेको हो जसको अर्थ हुन्छ उखालेर फ्याक्नु | जरै देखि हटाउनु ,मेटाउनु वा निर्मूल पार्नु आदि |

४.जब ‘जारण’, ‘मारण’, ‘उच्चाटन’ जस्ता यंत्र काम नलाग्ने हुन्छन अनि ‘मोहिनी विद्या’ प्रयोग गरिन्छ | यहाँ ‘मोहन’ को अर्थ हुन्छ “मुग्ध हुनु ” | यसको मूलमा ‘मुह्’ धातु छ जसको अर्थ हो सुझ वुझ हराउनु , कसैको प्रभावमा वा लोभमा परेर आफुलाई विर्सनु | अक्सर बुझ्न नसक्नेले यस्तो काम गर्दछन तसर्थ तिनलाई मूर्ख भन्ने गरिन्छ | मूढ़ र मूर्ख दुवै शब्द ‘मुह्’ बाटै निस्केको हो | ‘मोहन यन्त्र’ को उद्देश्य शत्रुमाथि ‘मोहिनी शक्ति’ प्रयोग गरेर त्यसलाई मूर्छित गराउनु हो | भगवान श्रीकृष्णको अनुहार र रुप ‘मोहिनी’ स्वरुपको भएकोले गोपिनीहरुले उनलाई देख्दा आफ्नो विवेक हराउँथे | त्यो देखेर भगवान कृष्ण मोहन भनिन थाले |

५. पाँचौं विधि ‘स्तम्भन’ हो जसको अर्थ हो जड या निष्कृय | यो ‘स्तम्भ’ शब्दबाट बनेको हो | जसरी काठको खम्भा कठोर, जड़ हुन्छ त्यसरीनै कुनैपनि सकृय चीज़ स्तम्भन गरेर निष्कृय बनाइन्छ |

६.विध्वंसन’ अर्थात पूर्ण रुपमा नाश गर्नु |

माथि भनिएजस्तै यो षडयन्त्र भित्र यिनै छ चिज मिसिन पुगेपनि भारतीय राजनैतिक प्रभावको कारण साजिशको अर्थमामात्र यो शब्द नेपालमा प्रयोग हुने गरेको देखिन्छ |-प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *