Best Online News From Nepal

श्वेतपत्र होइन, लालपत्र ल्यायो

२६ चैत, काठमाडौं

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ ।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले श्वेतपत्रबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।

श्वेतपत्रका नाममा सरकारले इतिहास आजबाट सुरु हुन्छ भन्ने देखाउन खोजेको कांग्रेसको आरोप छ ।

‘सबै खराबै खराब छ र कांग्रेस नेतृत्वको सरकारले खराब गरेको हो भनेर प्रस्तुत गर्न खोज्नु भएको छ’ कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘उहााहरु आफ्नो चुनावी बाचाबाट भाग्न खोज्नु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *