Best Online News From Nepal

शुभ प्रभात ,आउनोस एकछिन गरौँ माथापच्ची ||| पशुको गणना गर्दै आजको चुनाउ

प्रवीण अधिकारी

19366508_652464678293371_2156657542062546590_n

———————————–
मैले सिर गन्ति गर्दागर्दै सरदार चुनिन पुग्यो भनें भने तपाइलाई चित्त नबुझ्ला , होइन यो मान्छे ” के रङ्ग न तालको कुरा गर्छ ?” भन्नु होला तर, यो कुरा त्यतिनै सत्य हो जति सूर्य | नेपालमा आजको दिनमा चुनाउकोलागि poll शब्द प्रचलनमा छ ,र , नेपालमा पोल, पोलिङ्ग र ओपिनियन जस्ता शब्दहरु हाम्रो चुनावी संदर्भलाई जनाउन प्रयोग गरिन्छ | त्यो पोल शब्दको उत्पत्ति कसरी हुन पुग्यो ? हामीलाई थाहा छैन |आउनोस यो प्रभातकालीन समयमा अलिखेर यसैमा रुमल्लिउ |

अंग्रेजी शब्दकोषमा उल्लेखित भएको त्यो पोल ( poll ) शब्द प्राचीन डच भाषाको नासो हो , जसको अर्थ हुने गर्दछ सिर अर्थात मान्छेको शरीरको उपल्लो भाग | खासगरी त्यो भाग जहाँ केश उम्रिएको हुन्छ र अत्यधिक दवाब पर्दा वा वंशानुगत रुपमा खुइलिएर नि जान्छ | प्राचीनकालमा हाम्रा पुर्खा र तिनीहरु हुर्किने समाज पशुपालक थियो | त्यसैले हाम्रो प्राचिन ग्रन्थमा गाईको महत्व निकै अर्थाइएकोपनि छ | ती विभिन्न समूहमा छरिएर रहने गर्दथे | यस परिप्रेक्ष्यमा वशिष्ठ ऋषिदेखि विश्वामित्र सम्म र भृगुवंशी अत्रि देखि कनिष्ठ भारद्वाजसम्मको जीवान्चार्यामा गाइको प्रसंग जोडिएको पढन पाउँदा नि बुझ्न सकिन्छ | उनीहरुका साथ प्रसस्त पशुहरु रहेका थिए | यो मेरो , त्यो उसको भनेर चिन्न तिनीहरुमा केहि शंकेत चिह्नहरुपनि लाइन्थ्यो होला | दिनभरी ती पशुहरु चरेर फर्किंदा आफ्ना गोठमा छिराउने वेलामा यी गाई वस्तु गिनति गर्ने गरिन्थ्यो | ती पशुहरुको चिन्न र गिन्ती गर्न तिनको टाउको हेरी गणना गरिन्थ्यो | सिरको महत्व त्यति मात्रै हुन्थ्यो , किनभने त्यो भाग तिनको शरीरको प्रमुख भाग पनि मानिन्थ्यो ,जसमा मान्छेको आँखो सबै भन्दा पहिले पर्दछ | फेरी त्यै भाग शरीरको माथ्लो भाग हुँदै हो | नेपाली , हिन्दी, फारसी, उर्दू आदि धेरै भाषामा प्रयोग हुने सिर शब्द संस्कृतको शीर्षबाट बनेको हो ,जसको अर्थ हुन्छ सर्वोच्च अर्थात सबै भन्दामाथि | यै शब्द फारसितिर पुग्दा बन्न पुग्यो सरदार , जसको अर्थ हो प्रमुख व्यक्ति | त्यो सरदार भित्र चाहिं सिर भएको या ठूलो सिर भएको भन्ने अर्थ लुकेको छैन , त्यसभित्र मात्र शीर्ष अर्थात सर्वोच्च भाव रहन पुगेको देखिन्छ | यही प्रक्रिया अनुसार अंग्रेजी भाषामा प्रमुख व्यक्तिलाई चिह्नाउनु पर्दा हेड भन्न पुग्यो | हेडको अर्थ सिर हो तर त्यसको प्रयोग प्रमुख या प्रधानको रुपमापनि गर्ने गरिएको भेटिन्छ | यसरी उक्लिंदा उक्लिँदै सिर शब्द पशुगणना गर्दागर्दै उकालो लागेर जन समूहको मुद्दामा सबैको राय मानिने बाटो बन्न पुग्यो | जुन मुद्दामा मान्छेहरुको राय बुझ्नु जरुरी ठानिन्छ त्यस्ता सबैमा यो शब्द छिर्यो र आजका दिनमापनि कुनै कुरोमा सबैको सहमति र असहमति बुझ्न टाउकोनै हल्लाउने गरेको देखिंदैछ |

उहिले प्राचीनकालमापनि अचेलकै जस्तो पक्ष ,विपक्षको मान्छेको सिर गनेपछि बहुमत बुझेर निर्णय लिने चलन थियो नै |यसरी हुँदा हुँदै सिर गन्ने प्रक्रिया कुनै ज्वलन्त विषयवस्तुमा मान्छेको विचार बुझ्ने या निर्वचन गर्ने तरिका ठानिन पुग्यो | पशुगणना गर्दागर्दै जन समूहको विचार वुझ्दै जान थालेपछि आधुनिक लोकतात्रिक प्रणालीको आधार पनि हुन पुग्यो | अहिले विश्वमा मतपत्रकोलागि व्यालेट शब्दको प्रयोग हुने गर्दछ | भाषाविज्ञानीहरु भन्छन यो शब्द भारोपेली परिवारको नासो हो | त्यो चाहिं के कस्तो हो उनीहरु नै जानुन तर अग्रेजीको ब्यालेट इटालीको बलोट्टा ballotta हो (हेर्नोस www.deseretnews.com/…/FROM-BALLOT…) जसको अर्थ हो स सानो भकुण्डो | रोमनकालतिर मत निर्धारण गर्न इने भकुण्डोको प्रयोग हुने गर्दथ्यो | भनिन्छ , त्यतिखेर त्यस्तो मतको प्रतिक स सानो भकुण्डो एउटा भाँडोमा राखि त्यसको गणना चाहिं पछिमात्र गर्न थालियो | त्यै विकशित भएर आजको चुनाव प्रणाली हुन पुग्यो | संदर्भ खोजि गर्दा त्यसरी घडाभित्र हालिएको ती भकुण्डोहरु अहिलेको चिट्ठा पद्धति नै थियो | अस्तु

(लेखकको व्यक्तिगत विचार हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *