Best Online News From Nepal

शिष्ट भाषा प्रयोग गर्न ओबामाको आग्रह

अमेरिकी राष्ट्रपति बराक ओबामाले चुनावी प्रचारप्रसारमा रहेका राष्ट्रपति पदका आकांक्षीहरुलाई विभाजन निम्त्याउने र अपमानजनक शब्दहरु प्रयोग नगर्न सुझाव दिएका छन्।

जाति र धर्मका आधारमा कसैलाई अपमानित गर्ने, हिंसा र विभाजन निम्त्याउने कार्यबाट राष्ट्रपति पदका आकांक्षीहरु टाढा रहनुपर्नेमा उनले जोड दिए।

शिकागोमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले पूर्वनिर्धारित र्याली स्थगित गर्नुपर्ने गरी उनका समर्थक र प्रदर्शनकारीबीच झडप भएको भोलिपल्ट ओबामाको पछिल्लो टिप्पणी आएको हो।

आउँदो नोभेम्बरमा कार्यकाल सकिन लागेका राष्ट्रपति ओबामाले शनिबार डाल्लसमा डेमोक्रेटिक पार्टीका निम्ति रकम संकलन गर्न आयोजित कार्यक्रमलाई संबोधन गरिरहेका थिए।

अपमानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *